NewsFilmy

सावधान ! हासेर मुर्छा नपर्नुस् :  रेखा थापाले के गरिन यस्तो…

छोराको बर्थडेमा गिफ्ट भने कमालको

  • June 15, 2016 4:06 pm
  • News FIlmy

rekha thapa for profile

कन्ट्रोभर्सी र गसिपले रेखा थापालाई चाहेर पनि छाड्न सक्दैनन् त्यसैले होला उनी सधै समाचारको हेडलाईन बनिरहने ।

यी तस्बिर केही दिन अघिको हो जुन दिन रेखाले आफ्नो पछिल्लो फिल्म रामप्यारी बाट डेब्यू गरेका हिरो एवं जेठी दीदीका छोरा आभाष अधिकारीको जन्मदिनको कार्यक्रम राखेकी थिईन् ।

उक्त समारोहमा रेखाले आभाषलाई अपत्यारिलो सप्राईज नै दिएकी थिईन् जुन सप्राईज्ड साच्चिकै तारिफ योग्य थियो ।
ईजरायलमा रहेका कारण विगत ५ बर्ष देखि आमा भेट्न नपाएका आभाषलाई केक काट्ने बेलामा रेखाले सोधिन् ‘तिमी अहिले सवै भन्दा धेरै कसलाई मिस गरिरहेका छौ ?’ आभाषले उत्तर दिए ‘मेरो सामु सवै जना हुनुहुन्छ तर मामु हुनुहुन्न त्यसैले उहाँलाई नै सवै भन्दा बढी मिस गरिरहेको छ । ‘
avash birthday
त्यस लगत्तै रेखाले फेरी प्रश्न गर्दै भनिन् ‘के मामुसंग फोनमा बोल्छौ त  ?’ फेरी आभाषले जवाफ फर्काए ‘भो पर्दैन बिहानै कुरा भाको हो केक काटौ । ‘

त्यस पछि पनि रेखाले आफ्नो बोलि बन्द गरिनन् र भनिन् त्यसो भए आँखा बन्द गर । रेखाले भने बमोजिम उक्त समारोहमा आभाष र उनकी आमा सरस्वतीको आँखा छोपियो र लगत्तै आभाषको मम्मीलाई उपस्थित गराइदिएर उक्त माहोलामा हासो र आँसुको दुवै वा तावरण बन्यो ।

avash and his mom

आफ्नी आमालाई पाँच बर्ष देखि भेट्न नपाएका आभाषका लागि त्यो सप्राईज्ड निकै ठूलो र अवस्मिरणीय भईदियो त्यसकारण  आफ्नी आमा देख्ने वित्तिकै उनी केही बेर आमाको  अंगालोमा बाधिएर रोए पनि । उता आमा सरस्वतीले पनि जेठी छोरीलाई बर्षै पछि देख्न पाउँदा झरेका आँसुलाई थाम्न सकिनन्  ।

ईजरायलमा बस्दै आएकी रेखाकी जेठी दिदी पार्वती केही दिन अघि नेपाल आएपनि  आभाषलाई बर्थडे सप्राईज दिने योजना बमोजिम रेखाले आफ्नी माईली दिदी तारा रानाको घरमा जेठी दिदीलाई राखेकी थिईन जुन खबरको सुईको आफ्नी आमा सरस्वती र छोरा आभाषलाई दिएकी थिईनन् उनले ।

निकै सिमित फिल्मकर्मी र परिवारका माँझ छोराको बथर्ड कार्यक्रम मनाउँदा रेखाको गिफ्ट दिने शैलीको निकै तारिफ भएको थियो । जुन शैली सार्है  रमाईलो र रोचक थियो ।

rekha thapa avash birthday

तर त्यहि दिन रेखाले आभाषको बर्थडे केक काट्ने बेलामा नपुर्याएको अक्कल चाँहि निकै हास उठ्दो थियो भन्ने कुरा तपाईलाई माथिको तस्बिरले छर्लङ्ग बनायो पनि होला ।

तस्बिरमा नियालेर हेर्नुस् रेखाले फायर वर्क क्यान्लडलाई उल्टो पट्टिबाट सल्काउन लागेकी छिन् जुन शैलीले तपाईलाई मुर्छा पारी पारी हास्न बाध्य बनाउँछ भन्ने हामीलाई लाग्छ । उनले फायर वर्क क्यान्डलको स्ट्यान्ड पट्टि सलाईको काटी बालेर सुरुमा जलाउँने प्रयाश गरेकी थिईन् ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*