NewsFilmy

हामी धमलालाई गाली गर्छौ तर प्रश्न उठाऊ नारायण पुरीलाई : T.R.P  बढाउँने खेलमा मौन पुरी

युट्यूबमा एडिट भो ऋचासंगको अन्र्तवार्ता

  • October 30, 2015 6:40 pm
  • News FIlmy

narayan puri

आफ्नै क्षेत्रका चेलीहरुको बदनाम आफ्नै टेलिभिजनले गर्दा पनि फिल्म निर्देशक नारायाण पुरी विवादबाट जोगिरहेका छन् ।

उनी आबद्ध रहेको हिमालय टेलिभिजनको कार्यक्रम धमलाको हमलालाई लिएर चौतर्फी विरोध भईरहदा पनि उनले कार्यक्रम प्रसारणलाई रोक्न कुनै चासो नदेखाएको हुँदा हामीले यो समाचार तयार गरेका हौँ ।

कहिले भेजा फ्राई नामक कार्यक्रम सञ्चालनका लागि निकै कमजोर ज्ञान भएका भिजे राख्दै सेलिब्रेटीहरुको अपमान गर्ने त कहिले ऋषि धमला जस्ता कन्टोभर्षियल पत्रकारलाई प्रोत्साहन दिदै कार्यक्रम प्रसारण गर्नमा उनको प्रमुख भूमिका देखिएका कारण आज हामीले उनको मौनताको बिषयमा प्रश्न उठाएका हौँ ।

अभिनेता सरोज खनालसंगको भेजा फ्राई कार्यक्रम । जुन कार्यक्रमलाई लिएर निकै ठूलो विरोध भएको थियो ।  

स्वभावले आँखामा राख्दा पनि नबिझाउने प्रकृतिका ब्यक्ति हुन नारायण पुरी जसको बानी ब्यहोराको निकै प्रसंसा समेत हुने गर्दछ । तर मुखले चाँहि कसैको मानहानी र अपमान नगर्ने उनले आखिर किन धमलाको हमला जस्ता कार्यक्रमलाई भित्र – भित्रै प्रोत्साहन गरिरहेका छन् ? पक्कै पनि यो प्रश्न उनलाई नै गर्नुपर्ने हुन्छ ।

किन कि उनी हिमालय टेलिभिजनको प्रमुख कार्यकारी कार्यक्रम निर्माता जस्तो महत्वपूर्ण पदमा छन् जसले चाहेको खण्डमा उक्त टेलिभिजनबाट प्रसारण हुने कुनै पनि कार्यक्रमहरुलाई सजिलै बन्द र प्रसारण गर्न सक्छन् ।

एक समय पत्रकारिताको समेत राम्रो अनुभव बटुलेका पुरी जस्तो एडुकेटेड ब्यक्तिले पत्रकारिता के हो ? सेन्सर सिप भनेको के हो ? त्यो भित्रको आचार संहिता के हो भन्ने कुरालाई बिर्सिएर टेलिभिजनको  T.R.P (Television Rating Point/Target rating point)  बढाउँन मात्र ध्यान दिनु निकै दु:ख लाग्दो पक्ष  हो । बुझिए अनुसार पुरीकै कन्सेप्टमा धमलाको हमलाको न्वारन भएको हो र सो कार्यक्रमको रुपरेखा पनि पुरीकै निर्देशनमा तयार भएको हो ।

। अन्र्तवार्ताका लागि उक्त कार्यक्रममा राजनीति देखि लिएर रंग क्षेत्रका विशिष्ट अनुहारलाई उपस्थित गराईन्छ तर फिल्म क्षेत्रका सेलिब्रेटीको हकमा चाँहि   विशेष गरी हिरोइनहरुलाई अत्यन्त घिनलाग्दा प्रश्नहरु ऋषि धमलाले सोध्न थालेपछि सो कार्यक्रमलाई लिएर सोसल साईटहरुमा विरोधका आवाजहरु उठ्न थालेका हुन ।

हालैको साता पनि ऋषि धमलाले हिरोइन ऋचा शर्मालाई पूर्व प्रेमी  विनय श्रेष्ठसंग कति पटक रात विताउँनु भयो भन्ने प्रकृतिका तुच्छ प्रश्न गरेपछि धमलाको हमला प्रति पब्लिकको विरोध झनै  बढेको हो  । यस्तै रात विताएको प्रश्न माथि पब्लिकको कडा आपत्ति आएपछि हिमालय टिभिको अफिशियल यूट्यूब च्यानलमा यस अघि अपलोड गरिएको ऋचा शर्मासंगको एपिसोडलाई निकै काटछाट गर्दै पुन :  अपलोड गरिएको छ ।

तर  तपाईले अर्के एक च्यानलबाट अपलोड गरिएको पहिले को   एपिसोडलाइ पनि यो समाचार संगै हेर्न चाँहि सक्नु हुन्छ ।

काटछाट गर्दै पुन :  अपलोड गरिएको कार्यक्रम 

काटछाट अघिको कार्यक्रम 

 

 

 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*