NewsFilmy

छि… सुष्मा कार्कीको आफ्नै साथीबाट यस्तो घिनौना Prank

यो स्क्यान्डललाई के भन्ने ?

  • October 27, 2015 4:16 pm
  • News FIlmy

sushma prank

जिस्कनुको पनि हद हुन्छ । त्यस माथि आफ्नो नजिकको  साथीबाट भएको एउटा घिनलाग्दो प्रयाङ्कले सुष्मा कार्कीको बाँकी बचेको पपुलारिटीमा पनि असर पुगेको हाम्रो निस्कर्ष छ ।

करिब साढेँ आठ बजेको समयमा सुष्मालाई ट्याग गर्दै उनका नजिकका साथी अनुपम श्रेष्ठले एक सनसनीपूर्ण खबरलाई फेसबुकमा पोष्ट गरेपछि सुष्मा र अनुपमको हर्कतलाई लिएर फेसबुकमा आलोचना भएको हो ।
बाउन्सर फिल्ममा सुष्माले अभिनय गरेको मृत्युको एक दृश्य लाई अनुपमले फेसबुकमा पोष्ट गर्दै  उनको निधन भएको खबर लेखेपछि यो घिनलाग्दो प्रयाङ्कलाई लिएर उनीहरुको आलोचना भएको हो ।

सुष्माका ड्रेस डिजाईनर समेत रहेका अनुपम फेशन्  ईन्टरटेन्मेन्टको फिल्डमा निकै चिनिने अनुहारमा पर्दछन् । अनुपम र सुष्माको निकटताको बारेमा लेख्नु पर्दा उनीहरुको सम्बन्ध अफिशियल म्यानेजर र हिरोइनको जस्तै छ पनि छ त्यसकारण अनुपमले फेसबुकमा उक्त स्टाटस् लेखेपछि उक्त खबरलाई पत्याउँन मिडिया पनि केही बेर बाध्य भएको स्थिती थियो ।

sushma 2

तर घटनलाई बुझ्ने क्रममा सुष्मा कार्की सकुशल रहेको पत्ता लागेसंगै उक्त स्टाटस् पनि फेसबुकबाट हटाईएको छ ।  फेसबुकमा आलोना बढ्दै गएपछि सुष्माले माफी माग्दै आफू माथि प्रयाङ्क भएको अर्को स्टाटस लेखि घटनालाई साम्य बनाउँने प्रयाश गरेकी छिन्।

यस्तै यो स्क्यान्डलको बिषयमा न्यूज फिल्मीसंगको फेसबुकक कलमा सुष्माले आफ्ना फ्यानहरुलाई चिन्तित नहुन र मान्छेबाटै गल्ती हुने भन्दै गाली नगर्न  आग्रह गरेकी छिन्।

‘अनुपमले प्रयाङ्क बनाए  पछि धेरै साथीहरुको फोन आयो अनि  मैले उक्त स्टाटस् हटाउँन भने र हटायो पनि ।’  सुष्माले हामीसंगको कुराकानीमा भनेकी छिन् । उनी विगत एक महिना देखि हङकङमा छिन्।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*