NewsFilmy

ब्रेकअपको हल्ला :  शरदसंग झगडा परेपछि निशा उडिन अमेरिका !

फिल्म उद्योग छाडेको आशंका

  • June 15, 2015 7:55 am
  • News FIlmy

Nisha sharad

क्रिकेटर शरद भेषवाकरसंगको माया प्रेममा रहेकी हिरोइन निशा अधिकारीको सम्बन्ध विग्रिएको खबर बाहिरिएको छ ।

प्राप्त खबर अनुसार ब्यक्तिगत कुराहरुमा विवाद भएपछि उनीहरु अलग्गिने बाटो तर्फ मोडिएका हुन ।

यध्यपी यो खबरको पूर्ण पुष्टी चाँहि भईसकेको छैन् । तर सम्बन्धले नयाँ मोड लिएपछि निशा अधिकारी गत शनिबार सुटुक्क अमेरिका तर्फ उडेको खबर छ । हरेक स- सना गतिविधिका बारेमा फेसबुकमा अपडेट गरिरहने निशाले आफू अमेरिका उडेको खबर चाँहि कही कतै चुहाएकी छैनन् ।

यस्तै उनी आफैले सञ्चालनमा ल्याएको निशा- शरदको संयुक्त फेसबुक पेज यो समाचार तयार पारुन्जेल सम्म  डिएक्टीभ छ जसलाई आधार मानेर हेर्ने हो भने यो जोडीको सम्बन्ध विग्रिएको हो भनेर सजिलै अनुमान लगाउन सकिन्छ ।

प्राप्त एक्सक्लुसिभ खबरका अनुसार न्यूनतम ३ महिना सम्म नेपाल नर्फिकने गरी उनी अमेरिका उडेकी हुन । खबरहरुलाई आधार मान्ने हो भने ओरालो लागेको फिल्मी करिअरलाई उठाउन नसकेपछि निशाले फिल्म उद्योग त्यागेर अमेरिका बस्ने योजना बनाएकी हुन ।

अमेरिकामा निशाका आफ्नै दाई पनि छन् जसको साथ र सहयोगमा उनले नयाँ जीवन सुरु गर्ने बुझिएको छ । निशाले गत बर्षको भदौ महिनाको अन्तिम शुक्रबार प्रकाशित भएको कान्तिपुर साप्ताहिकसंग  शरदसंग विवाह गर्न सक्ने भनेर एक तर्फी खुला अन्र्तवार्ता समेत दिएकी थिईन् । तर त्यस पश्चात शरदले चाँहि हालको मिति सम्म आफू निशाको प्रेममा रहेको कही कतै बोलेका  छैनन्  ।

केही नजिकका साथीभाईका भनाईहरुलाई आधार मानेर लेख्ने हो भने निशाले अमेरिकामै सेटल हुने गरी शरदसंग विवाह गर्ने योजना बनाएकी थिईन् तर सोहि  कुरामा मत नमिले पछि उनीहरुको सम्बन्धमा दरार आएको बताईन्छ ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*