NewsFilmy

अमेरिका छाड्नु अघि सरोज खनालको अन्तिम अन्र्तवार्ता : आज काठमाण्डू ओर्लर्दै

यसरी बुझेछन् अमेरिका र नेपालबीचको अन्तर

  • June 11, 2015 9:43 am
  • News FIlmy

Himalaya khabar and saroj khanal

वास्तवमा नेपालीहरुको माझ सरोज खनाल चिनाइ रहन पर्ने नाम हैन । नेपाली  चलचित्र जगतका सुपर हिरो खनाल विगत सत्र वर्ष देखि अमेरिकाको भर्जिनियामापरिवारका साथ रहदै आएका थिए ।

अमेरिकाका नेपालीहरु माझ पनि निकै लोकप्रिय खलाल अमेरिका वसुन्जेल थुप्रै कार्यक्रमहरु वेला वेलामा गरिरहन्थे । अमेरिकाहोस वा नेपाल उनले  विभिन्न सामाजिक कार्यहरुमा पनि हात हालेका छन । हालैको नेपालमा गएको विनाशकारी भूकम्पमा पनि उनी भूकम्प सहयोर्गाथ पिडितकालागी दिन रात खटेका थिए ।

भूकम्प पछाडि अमेरिका फर्केका सरोज खनाल गात मंगलबार नै अमेरिकावाट पूर्णरुपमा वसाई सरीे नेपाल जादै छन । दिइएको जानकारी अनुसार उनी विहिवार  साँझ ५ बजे काठमाडौँ विमानस्थल अवतरण हुदैँछन् र उनकोअमेरिका वसाई र नेपाल फिर्तिका सम्वन्धमा हिमालय खवरका तर्फवाट शरद पोखरेल, विकास राज न्यौपानेको ताजा वार्तालाप ।

अमेरिकामा विगत सत्र वर्ष देखि रही तपाई नेपाल सधैका लागी जादै हुनुहुन्छ रु एकाएक यो निर्णय कसरी लिन पुग्नु भयो ?

यो सत्र वर्ष को अवधिमा म पटक पटक गरेर धेरै नेपाल गए । साच्चै भन्दा मेरोे यो लामो अनुभवले के वताउँछ भने अमेरिका Land of Opportunities हो भनेनेपाल Land of Possibilities हो । किन भन्नुहुन्छ भने प्रायशः हामी नेपालीहरु अमेरिकामा आउँछौ अनि एउटै काममा अडकिएर वा रमायर वस्छौ । तर यही विचमाहामी नेपालमा रहेमा चाहे फिल्म क्षेत्र होस वा अन्य क्षेत्र हामी आफ्नो काम वाहेक दोस्रो काम पनि गर्छो । यसैले म नेपाललाई Land of Possiblities भन्न रुचाउँछु ।नेपालमा रहेको त्यही Posiblities लाई खोज्न म नेपाल सधैका लागी जान लागेको हु र यो निर्णय यस आधारमा नयाँ हैन एकाएक पनि हैन । म हेर्दे थिए उपयुक्त रसही समयको । जुन हाल आएर देखे र म जान लागेको हुँ ।

 

 नेपालमा विनाशकारी भूकम्प जानु अनि तपाईले यही समयमा अमेरिका छाडेर नेपाल जाने उपयुक्त समय देख्नु यसमा कुनै तारतम्यता ?

– नढाटिकन भन्दा यसमा तारतम्यता छ नै । म तपाईको  हिमालय खवर  मिडिया मार्फत पहिलो पटक के भन्न चाहन्छु भने भूकम्प गए पछि म यहाँ वस्नसकिन र नेपाल गए । मैले भूकम्प प्रभावित नेपाली दाजुभाई दिदीवहीनीहरुलाई ठूलो राहत नभनु जे सक्थे त्यो सहयोगका रुपमा केही नगद र केही जिन्सीहरु वाँडे ।जसलाई म मेरो सौभाग्य नै ठान्छु । यस समयमा मलाई मेरो आत्मा देखि के लाग्यो भने नेपाललाई यस्तो विनासको अवस्थामा मेरो खाँचो छ । उता आफ्नादाजुभाईहरु अफ्ठरोमा हुदा म कसरी यहाँ वसु भन्ने चिन्तन पनि म मा आयो । यही अन्तर आत्माको भाव पूरा गर्न पनि अहिलेको समय मैले छानेको हुँ भन्दा हुन्छ।

 

 अमेरिकामा तपाई सरहका अन्य कलाकर्मीहरु विभिन्न समयमा आएकोगएको विभिन्न उदाहरणहरु पाइन्छन तर पनि तपाई नेपाल जानलाग्दा भने विगतमाभन्दा धेरै चर्चा परिचर्चा  देखियो यसलाई कसरी लिनुहुन्छ ?

म अरुको कुरामा त्यत्ति ध्यान दिन्न । यो व्यक्ति पिच्छेको हेराईमा भर पर्ने कुरा हो । मलाई के लाग्छ भने म यहाँ वस्दा पनि विभिन्न कला कार्यक्रमहरुमा व्यस्तरहन्थे । त्यस्तै थोर वहुत म विभिन्न सामाजिक कार्यहरुमा पनि संलग्न थिए । म अमेरिका छाडि जान लाग्दा मेरा तमाम दर्शक, शुभेच्छुकहरुलाई चिन्ता लाग्नुस्वभाविक हो । यस अर्थमा यो उहाँहरुले म प्रति देखाएको माया एवं सदभाव हो भन्न रुचाउँछु । आफूले मन पराएको व्यक्ति कहाँ जान लाग्यो के गर्देछ खुल्दुली हुनुस्वभावीक पनि हो ।

यो सत्र वर्षमा तपाईले अमेरिकामा वसेर आफ्ना लागी धेरै गर्नुभयो तर जादाजादै अमेरिका प्रति तित्तता पनि त्यत्तिकै पोख्नुभयो यो किन ?

–  हैन मैले अमेरिका प्रति कुनै तित्तता पोखेको छैन । हरेक व्यक्तिको आफ्नो आफ्नो वुझ्ने शैली हुन्छ । कतिले त्यसरी वुझे होलान । वास्तवमै भन्दा अमेरिकालेमलाई धैरै कुरा सिकाएको छ जुन कुरा मैले नेपालवाट यहाँ आउँदा जानेको थिइन र साथसाथै मैले यो पनि भनिरहेको छैन कि अमेरिका हामी वस्नै हुन्न । म यो पनिभन्दिन कि भविष्यमा मलाई अमेरिका चाहिदै चाहिदैन । म फर्कन पनि सक्छु । मैले सिर्फ मेरो दैनिक जीवनमा अमेरिकामा के कस्तो भोगाई रहयो मात्र भनेको हुँ,शेयर गरेको हुँ । अव कतिले यसलाई तित्तताका रुपमा वुझे वा कतिले शिक्षाका रुपमा त्यो सोचाईमा भर पर्ने कुरा हो जसको पछाडि म जान पनि चाहन्न ।

 

 अव नेपाल गएर के गर्ने विचारमा हुनुहुन्छ अथवा पहिल्यै केही सोचिसक्नु भएको कि

– वास्तवमा मेरो दिमाग अहिले खाली छ । मैले उता गएर के गर्ने सोचिसकेको छैन । त्यसको अर्थ म केही नगरी वस्छु भन्ने हैन । म मेरो देशमा केही नगरी अवश्यवस्दिन र मर्दिन पनि । त्यस वाहेक निश्चय नै उता पनि मेरो केही पारीवारीक व्यवसाय छ । अझ कलाकारीता त मेरो रगतमा वगेकै छ । पछिल्लो पटक नेपाल जादापनि तीन चार वटा स्क्रिप्टमा अफरहरु आएका थिए । एकाद ठिकै लागे पनि वाँकि राम्रै पनि थिए । उमेरका कारणले पनि अव पहिलाको जस्तो हिरो नरहुला तथापिकलाकारीता त गर्छु नै । खैर हेर्दै जाउँ समयले कता पुराउछ ।

 

जादाजादै एउटा प्रश्न सोधौ, अहिले पनि लाखौ नेपालीहरु अमेरिमा छन त्यस्तै हजारौ नेपालीहरु अमेरिका आउने चाहनामा  छन यस अर्थमा यहाँ रहेका आउँनखोज्नेहरुलाई कुनै सन्देश की ?

–  म माथि झै फेरि पनि भन्छु अमेरिका land of opportunities  हो नै । यसैले म नेपाल जान लाग्दैमा ल अव नेपाल नै जाउँ भनी कसैलाई भन्दिन किनकि मैले यहाँवसेर जुन कुरा गर्न सकिन त्यो अरु नेपालीहरुले पनि सक्द्रैनन भन्ने छैन । फेरि निश्चित रुपमा यहाँ वसेर कुनै न कुनै कुरा सिकिन्छ नै ।

 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*