NewsFilmy

‘मलाई माफ गर म तिमी जस्तो महान बन्न सकिन’ : सुरेश दर्पण पोखरेल

तिमीलाई जे बोल्न नि अधिकार छ

  • June 6, 2015 3:15 am
  • News FIlmy

Suresh Darpan Pokharel

फिल्म उद्योगमा पत्रकार र सेलिब्रेटी बीच फेरी एक पटक झगडाको वातावरण देखिएको छ ।

केही फिल्म पत्रकार र निर्देशक सुरेश दर्पण पोखरेल बीच परेको फेसबुक भनाभनले अर्कै रुप लिन थालेपछि चलचित्र पत्रकार संघले एक विज्ञप्तीनै जारी गरि झगडाको वातावरण साम्य बनाउँने प्रयाश गरेको छ ।

पत्रकार दीप विमलीले गरेको उजुरीका आधारमा चलचित्र पत्रकारसंघले एक विज्ञप्ती जारी गरेपछि निर्देशक सुरेश दर्पण पोखरेलले आफ्नो निजी भनाई न्यूज फिल्मी मार्फत सार्वजनिक गरेका छन । जसलाई हामीले जस्ताको त्यस्तै प्रस्तुत गर्ने प्रयाश गरेका छौं ।

हो हामी क्लब गएका  हौ र फेरी फेरी पनि गईरहन्छौ , मेरो देशको अन्तरिम संबिधानले मलाई आफ्नो निजी सम्पत्तिको प्रयोग गर्न , हास्न, रुन, गाउन, नाच्न , ब्रेकफास्ट , लन्च र   डिनर लिन मलाई अधिकार दिएको छ त्यस्को लागि मैले तिमीलाई सोधिराख्नुपर्दैन ।

हुन त म तिमी जस्तो भाग्यमानी कहाँ छु र , दिन भर चोक -चोकमा भेला भयो , अरुले गरेको कामको कुरा काट्यो , इर्श्याले जल्यो अनी त्यही कुरुप सोच सामाजिक सन्जालमा पोख्यो , चौबिस घण्टा सेवामा जुटिरहेकाहरुलाई बदनाम गराउने प्रयास गर्यो –

“ समाजसेवा कि फोटो खिच्न ? हा हा … हेर घर बनाउदै रे कपडा त सुकील्यै छ नि … एक कार्टुन चाउचाउ बाडेर फुर्ती … प्रचारको लागि सेवा .. बिदेशबाट राहतको लागि आएको पैसाले मस्ती , कलंकहरु .. थुक्क !!! “ यस्तै यस्तै नानाथरी आरोप लगायो ,कमेन्ट गर्यो ,चिया पियो अनी लाग्यो भट्टी तिर … कती गर्व गर्दिहुन तिम्री आमा, आफ्नो कोख प्रती ?

sureshdarpan

के गर्ने म त अभागी परे, अमेरिकामा थिए, देश भुकम्पले मर्माहत भयो तत्काल टिकेट प्री पोन्ड गरे, नेपाल आए, कलाकरमीहरुलाई सम्योजन गर्दै राहत बितरण, जनचेतना र पुनर्निर्माणमा जुटे । तिमी पो भाग्यमानी, यो भएन त्यो भएन भन्दै ४ जना बेरोजगारहरुलाई अघी राखेर गूड्डी हाक्दै गर्दा म तातो घाममा पोल्ने फलाम बङ्गाउदै हुन्छु, पीडितहरुको सेवामा दिन रात लागिरहेकाहरुलाई तिमीले सस्तो प्रचार भन्दै फेसबुकमा खिस्याउदै गर्दा म पेटमा भएको स्टोन दुखेर पेन किल्लर खाँदै गर्मीमा टिन छाउदै हुन्छु ।

तिमीले मलाई पुर्न खाल्डो खनिरहदा म पीडितहरुका लागि बनाइएका घरहरुको आगनको खल्डोमा माटो पुर्दैहुन्छु । तिमीले साँझ चुस्की लगाउदै मलाई गाली गरी रहदा म ठेला उठेका हातहरु सम्हाल्दै ब्यस्तताले पेट्रोल पनि हाल्न नपाउदा तेल सकिएको मोटारसाइकल सुनसान सडकमा डोर्याउदै हुन्छु ।

महिना दिन पछी एक साँझ आउछ , साथीहरु जस्ले हाम्रो अभियानमा साथ दिएका हुन्छन , उनिहरुले डिनरमा बोलाउछन किनकी उनिहरु भोली आफ्नो कर्मदेश फर्कदै हुन्छन , हामी थकित शरीर लिएर सुन्य मस्तिस्कमा उनिहरुलाई भेट्छौ , एकछिन हास्छौ , गाउछौ अनी नाच्छौ अनी उनिहरुलाई धन्यवाद दिएर घर फर्कन्छौ । भोलीपल्ट देखी फेरी उही दैनिकी

… ७० घर सकियो अब थप ४०० !!! एकाएक केही बिद्द्वानहरु सामाजिक सन्जालमा बिसबमन शुरु गर्छन् , डिस्को कान्ड .. राहतको पैसामा मस्ती !!! तिमीलाई जे बोल्न नि अधिकार छ , बिना आधार जे आरोप लगाउन पनि , मैले त सत्य यस्तो हो है भन्न पनि हुँदैन किनकी तिमी त यो देशको पहिलो दर्जाको नागरिक, तिमीलाई त न नियम लाग्छ न कानुन !!!

मेरो पो दर्जै छैन, तिमीलाई सम्झाएको नि धम्की हुन्छ मेरो क्षेत्र (कला कर्म ) लाई बिना आधार लान्छना नलगाउ भन्दा अपशब्द प्रयोग गरेको हुन्छ , तिम्रै खल्तीमा छन स्वयम्भुका आँखाहरु, तिम्रो एक आदेश मै न्याय अन्याय छुट्ट्याइदिन्छन । मलाई माफ गर – म तिमी जस्तो महान बन्न सकिन । मलाई माफ गर – मैले मेरो देश रोईरहेको बेला सहयोगमा जुटेका हातहरुलाई निमोठ्ने दुश्प्रयास गर्न सकिन । मलाई माफ गर – म तिमी जस्तो आफ्नै घर जलाएर खरानी बेचि धनी बन्न सकिन । मलाई माफ गर… उही अभागि -सहयोगी नेपाली ( सुरेश दर्पण पोखरेल ) संयोजक  , हामी सबैका लागि मिती – २०७२-०२-२३

चलचित्र पत्रकार संघले जारी गरेको विज्ञप्ती

press release abt deep bimali and suresh

One thought on “‘मलाई माफ गर म तिमी जस्तो महान बन्न सकिन’ : सुरेश दर्पण पोखरेल

  1. suresh ji lai yasto arop lagaune patrakar le patrakarita bujhekai ho?aja euta patrakarle garda sabai patrakar haru mathi yo prashna uthcha,euta kalakarmi vaneko kasta byakti hun patrakar bimali le bujhnu parne ho.afno profession ko beijjat ra adhikar ko galat durupayog nagarnu hola. rati club gayeko dekhne ra news chapne patrakar le diuso.vukampa pidit ko lagi aru sanga milera tent haleko gham makhateko chai kina nalekheko. suresh da sahi kura ho,moj garim ta..afno paisale sahayog garim ta uthako paisale. petma stone vayeko manche le yasari khatera sahayog gareko nadekhne yasta patrakar le nyaya ko awaaj uthaulan ani hami jasta nagarik lai sath k delan ra.kei asha chaina.

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*