NewsFilmy

तीतो सत्य ! भूकम्प पीडितलाई बासि भात दिन खोजेका हुन दीपकराज गिरीले

मिडियालाई कुकुर र आफूलाई हात्तीको उपमा

  • May 25, 2015 1:12 pm
  • News FIlmy

Deepak Raj Giri

भूकम्प पीडितका लागि राहत संकलन गर्न आउँदो साता देखि ६ एकान ६ को पुन : प्रर्दशन गर्ने सम्बन्धमा सार्वजनिक भएको समाचार प्रति ब्यग्य प्रहार गर्दै दीपकराज गिरीले एक स्टाटस सार्वजनिक गरेका छन् ।

सोमबार दिउँसो आफ्नो फेसबुक वालमा महाभारतको एक कथालाई समेत उद्रित  गर्दै उनले यस्तो लेखेका छन् । (पढ्दै जानुस तल)

dipkas status
उनले फेसबुकमा लेखेको माथिको भनाईलाई आधार मानेर बुझने हो भने भूकम्प पीडितहरुका लागि पूरानो फिल्म ६ एकान ६ पुन: प्रर्दशन गरेर भात दिन खेजेका हुन तर मिडियाले सो कुरालाई फुर्सदको गफ बनाएर लेखेको उनको आरोप छ ।

त्यसकारण सार्वजनिक उनको स्टाटसमै आधारित रहेर हामी उनलाई जवाफ दिन गईरहेका छौ । किन कि दीपकराज गिरीले तीतो सत्य नामक कार्यक्रम त बनाउछन् तर  स्वयम उनीमा आफ्नै तीतो सत्य गतिविधि सहन सक्ने क्षमता रहेनछ भन्ने हाम्रो ठम्याई र निष्कर्ष छ ।

मिडियालाई कुकुर र आफूलाई हात्तीको उपमा दिन भ्याउनु भएका गिरी जी तपाईले भूकम्प पीडित जनताको नामा घोषणा गरेको ६ एकान ६ को पुनः प्रर्दशन कुनै साजी भात वा पुलाउ नभई झण्डै डेढ बर्ष पूरानो बासि भात  बराबरको हो ।

कारण ६ एकान २०७० सालको पौष २६ गते प्रर्दशन भएको फिल्म हो जुन तपाईको भनाईमा पुलाउ नै होला तर सो फिल्मले प्रर्दशनताका पुलाउको जस्तो मिठो तारिफ पनि पाएको थिएन ।  अझ सो फिल्म युट्यूब र डिभिडीमा नआएको भए ६ एकान ६ लाई फ्रिजमै राखिएको भात भन्ठान्थ्यौ हामी तर तपाईको फिल्म युट्यूब देखि लिएर दर्शकको मोबाईल – मोबाईलमा पुगेर रछ्यानमा फ्याक्ने तयारीमा रहेको स्वाद हिन भात जस्तो भईसकेको छ । 

बैशाख १२ गते आएको महाभूकम्प पश्चात तपाईको टिमले धेरै ठाउँ पुगेर भूकम्प पीडित जनताको आँखामा खुसी भर्ने काम गरिसकेको छ जलाई हामीले पनि प्रसंसा र फूलबुट्टा भरेर लेखेका थियौ ।  तपाईको टिमले दर्शकको पीडामा मल्हम लगाउँन कुनै आर्थिक सहयोग पनि गरिरहन पर्दैन केवल दु:खका बेला साथमा साथ दिनुनै करोड मूल्य बराबरको सहयोग बराबर हुन जान्छ ।

तर समाज सेवा गर्ने बहानामा डेढ बर्ष पूरानो फिल्मलाई पुनः प्रर्दशन गरी सहयोग रकम जुटाउने निर्णय गर्नु हास्यास्पद र प्रचारबाजी बाहेक अरु केही उद्देश्य देख्दैनौ हामी र यो लेख पढ्ने दर्शकले पनि देख्दैनन् होला शायद ।

अहिलेको परिस्थितीको कुरा गर्ने हो भने भूकम्पको त्रासका कारण केही दिन देखि खुलेका हलमा दर्शकको संख्या दुई हातका औलामा गन्ने बराबर पनि छैन  । गत शुक्रबार देखि चैत्र २७ देखि प्रर्दशन आरम्भ गरेको नाईँ नभन्नू ल ३ र हवल्दार सुन्तली जस्ता फ्रेस फिल्मको प्रर्दशन पुनः सुचारु गरिएको छ तर हल सञ्चालकहरुलाई यी फ्रेस फिल्मको पुनः प्रर्दशन गर्दा समेत आफ्नो बिजुलीको विल तिर्न सक्ने लागत समेत गोजीबाट तिरि रहनुपरेको स्थिती छ ।

खास भन्ने हो भने तपाईले हिम्मत गरेर आफ्नो नयाँ फिल्म वडा नम्बर ६ को प्रर्दशन आउँने शुक्रबार देखि गर्नु भयो भने पनि तपाईको फिल्म हेर्न दर्शक हलमा पुग्छन् भन्ने कुनै ग्यारेन्टी छैन् । जिवनलाई जोखिममा राख्दै  तपाईको नयाँ फिल्म हेर्न हुलका हुल दर्शक   मनोरञ्जन लिने हल पुग्छन भन्ने दिवा सपना देख्नु भएको छ भन्ने हाम्रो भन्नू केही छैन् ।

तर बस तपाईले कुकुरको महत्व बुझ्नु भाको रहेनछ । किन कि कुकुर कति बफादर हुन्छ एक पटक अध्ययन गर्नु होला । यदि फूर्सद छैन् भने कुकुरको बिषयमा माथि बनेको अक्षय कुमारको हिन्दी फिल्म ईट्स ईन्टरटेन्मेन्ट हेर्ने समय निकाले पुग्छ । किन कि तपाई आफू पनि  नेपाली  हैन हिन्दी फिल्म ज्यादा हेर्नु हुन्छ । तीतो सत्य !

One thought on “तीतो सत्य ! भूकम्प पीडितलाई बासि भात दिन खोजेका हुन दीपकराज गिरीले

  1. दुई हजारको अनलाईन साइट खोल्यो । ठूलो ठूलो कुरा गर्यो । केही काम छैन है यी अनलाइने च्याउ पत्रुकारहरुलाई । यस्तो जोखिममा कसले नयाँ फिलिमको जोखिम उठाउँछ । पुरानै भए पछि चलाएर सहयोग गर्ने दीपकराज गीरिको मनशाय राम्रै छ । अनि सम्मान लायक नै छ । जति यो न्यूज होकी ब्लगमा लेखिने आक्रोश जस्तो भन्दा त । हावा पत्रुकार । २ हजार खर्च गर्यो साइट बनायो । जो पनि पत्रकार बन्ने । कही काम गर्न नसक्यो योग्यता नपुग्यो अनि आयो मगन्तेहरु

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*