NewsFilmy

समीक्षा : सामान्य कथाको बलियो प्रस्तुति ‘माला’

अन्त्यसम्म टिकाइ राख्नु ‘माला’को मुख्य विशेषता

  • March 20, 2015 12:17 pm
  • News FIlmy

Mala

‘कन्जुमर साइकोलोजी’ जसले बुझ्छ उसले नै ‘कन्जुमर’लाई बढीभन्दा बढी सामान बेच्न सक्छ र बजारमा ऊ नै सफल ठहरिन्छ।

फिल्म व्यापारको सफलता र असफलताको कडी पनि त्यसमै अडेको हुन्छ। आजका मितीमा जति पनि नेपाली फिल्म शुक्रबार पर्दामा झुल्किन्छन् तिनको झुल्काई करिब करिब बिजुली चम्काईको निमेषभरको उपस्थिति जस्तै हो। शुक्रबार रिलिज भएको फिल्मले आइतबार नदेख्ने र कतिपय अवश्थामा त दोस्रो सो नै नदेख्ने कुरा आजकल नेपाली फिल्म बजारका लागि असामान्य कुरा होइन।

फिल्म भनेको कथा भन्ने काम नै हो। कथाका घटनाक्रमहरू जति नै रोचक भएपनि कथावाचकले राम्ररी भनिदिएन भने सुन्नेलाई पनि कान ठाडो पार्न कर छैन। घटनाक्रम सामान्य नै भए पनि वाचकले राम्ररी भनिदियो भने त्यो सुन्नेका लागि रोचक बन्छ। नेपाली फिल्म नचल्ने कारंणहरुको बहुमत यसैले ओगट्छ। नेपाली फिल्ममा दर्शक तान्ने कथावाचन शैली छैन।

यति हुँदाहुँदै पनि केही अपवाद सधै रहिरहन्छ। ‘माला’ फिल्म पनि यस वर्षको अपवाद मध्येको एक हो। फिल्मले हरर(संस्पेन्स(थ्रिलरको हाँगा समाउँदै एउटा कथा पस्केको छ। कथाले दर्शकलाई डर र कौतुहलतासहित बाँधिराख्छ। सेतो पहिरन लगाएकी माला (प्रियंका कार्की) ले एकलासको जगंलवीच आत्महत्या गर्छे। मालाले के कारणले, कसका कारणले र किन आत्महत्या गर्छे भन्ने प्रश्न जगाँउदै फिल्म सुरु हुन्छ।

फिल्मको अर्को चरित्र निल (आर्यन सिग्देल) , जो पेसाले डाक्टर हो उसले मालालाई रातको अँधेरीमा, दिनको उजेलीमा देखिरहँन्छ। तर, किनरु उसँग ठोस उत्तर हुँदैन। सुरुवातमा सायद डाक्टर भएका कारणले पनि हुनसक्छ उसले भोगेका कुरालाई विज्ञानका आँखाबाट तौलिन्छ र विज्ञान त्यसमा असफल भएपछि रहस्यलाई खोतल्न उसले अर्को बाटो खोज्छ। उसको रहस्यको खोजीसँगै फिल्म अगाडी बढ्दै जान्छ।

अर्को पात्र अनिल (प्रज्वल गिरी) , जो आफ्नी पत्नी निलमसँग छ। उसलाई पनि मालाको भुतले लखेटिरहन्छ जसका कारण उसको नीद र चैन उडिरहेको छ। झाँक्री र माताले पनि उसको सहयोग गर्न सक्दैनन। कथा अगाडी बढ्दै जाँदा अनिलले मालालाई बिहेको नाटक रचेर बेचेको रहस्योद्घाटन हुन्छ। माला त्यसैको बदला लिन चाहन्छे। बारम्बार मरेकी मालाले पछ्याइरहे पछि भूतप्रेत आत्मामाथि विश्वास नराख्ने निल मालाको मुक्तिका लागि गाँऊ जान्छ र उसको अन्तिमसंस्कार गरेर शहर फर्कन्छ।

मालाको लखेटाइले मानसिक रुपमा विक्षिप्त बनेको अनिलले पनि आत्महत्या गर्छ। यसपछि के हुन्छरु के मालाले संसारबाट मुक्ती पाँउछेरु या अन्य केही नैरु यी नै प्रशनहरुको उत्तर नै मालाको कथा हो।

‘माला’को कथावस्तु सामान्य नै छ। नयाँ र थाहा नभएका विषयवस्तुमा फिल्म आधारित छैन तर जे कथा फिल्मले भन्न खोजेको छ त्यो जान्नका लागि दर्शकलाई फिल्मको अन्त्यसम्म टिकाइ राख्नु ‘माला’को मुख्य विशेषता हो। सामान्य कथाको बलियो प्रस्तुति फिल्मको मुख्य सफलता हो। निर्देशक सुदिप भुपाल सिंहले जसरी आफ्नो कथा भनेका छन त्यो तारिफ योग्य छ। औषत कथावस्तुको सटिक प्रस्तुति। डेब्यू निर्देशकका रुपमा उनको काम गहकिलो छ। उनी सम्भावनाले भरिएका छन।

दाँया तर्फ  निर्देशक सुदिप भुपाल सिंह गायक मनोज केसीका साथ फिल्मको प्रिमियर सोमा ।

‘माला’मा विदेशी हरहर फिल्महरुको व्याकरणको प्रभाव छ। विदेशी व्याकरण भइकन पनि उनले ती व्याकरणलाई नेपालीकरण गरेका छन। त्यसैगरी फिल्मको कथा भनिरहँदा उनले जब दर्शकले फिल्मले यो मोड लेला भनेर एउटा निचोडको कल्पना गर्छन त्यतिबेला नै उनी दर्शकको कल्पनालाई माथ खुवाइदिन्छन र दर्शकको मनमा अब केरु भन्ने प्रश्नको जरा गाडिदिन्छन। जसका कारणले दर्शकको व्यग्रता फिल्मको अन्त्य कसरी हुन्छ भन्नेतीर ढल्कन्छ। दर्शक फिल्ममा बाँधिन्छन। यही उनको सफलता हो।

फिल्ममा ‘माला’को शीर्ष भुमिकामा रहेकी प्रियंकाको कुनै संवाद नै छैन भने पनि हुन्छ। पुरै फिल्ममा उनको मौन अभिनय रहेको छ। उनको अभिनयले पनि दर्शकलाई उस्तै रुपले प्रभावित पार्छ। आर्यन पनि फिल्ममा फरक भुमिकामा छन। उनको अभिनय राम्रो छ। प्रज्वलले र सुमिनाले पनि जति गरेका छन त्यो राम्रो छ। अन्य कलाकारहरुको अभिनय त्यस्तै छ। प्रदिप कार्कीले पनि फिल्मको कथा अनुसारको क्यामरा घुमाएका छन। उनको सिनेम्याटोग्राफीले फिल्ममा थ्रिल प्रदान गर्ने काम राम्रै गरी गरेको छ। सम्पादनले फिल्मको कथाको गतिलाई बहकिन दिएको छैन।

सुरुदेखी दर्शकलाई बाँधेर राख्ने ‘माला’ले अन्त्यमा नेपाली समाजमा मौलाइरहेको रहेको एउटा गम्भीर मुद्दाको उठान गर्दछ। समग्रमा ‘माला’ आफ्नो जनराको आधारभूत मान्यतामा बलियो गरि उभिएको फिल्म हो। यसले दर्शकको मनोदशालाई छक्याउँदै सुरुदेखी अन्त्यसम्म बाँधिराख्छ। फिल्मले दर्शकलाई झुक्याउँने काम गरेको छैन। निर्देशकले आफ्नो काम इमानदारीताका साथ पुरा गरेका छन। फिल्ममा केही त्रुटि नभएका होइनन तर फिल्मको प्रस्तुतिका कारण दर्शकले त्यसको पत्तो पाउँदैनन।

यस वर्ष लामो समयदेखी राम्रो नेपाली फिल्म हेर्न नपाएकाहरुका लागि ‘माला’ एउटा राम्रो फिल्म हो। ‘कन्जुमर साइकोलोजी’ जसले बुझ्छ उसले नै ‘कन्जुमर’लाई बढी भन्दा बढी सामान बेच्न सक्छ र बजारमा ऊ नै सफल ठहरिन्छ भन्ने सुरुवाती वाक्यमा भनिए जस्तै फिल्मले दर्शकको ‘साइकोलोजी’लाई सम्बोधन गरेको छ। फिल्मले दर्शकलाई छुन्छ। साभार : सेतोपाटी डटकम
समीक्षक  अशेष अधिकारी

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*