NewsFilmy

फिल्म छान्न थाल्यो भने ठूली पल्टिछे भन्न थाल्छन् : संचिता लुइँटेल

अलि दोधारमा पनि छु

  • February 6, 2015 11:14 am
  • News FIlmy

Sanchita Luitel

संचिता जी , ब्यस्तता फर्किएको जस्तो देखिन्छ नि ?
हजुर, अलि अलि त्यस्तै  भन्नू पर्ला ।  भर्खर मैले नाईँ नभन्नु ल ३  र  आरोप फिल्म  सहित  केही म्युजिक भिडियोको सुटिड सिध्याए । अनि  केही फिल्मको  अफर पनि आईरहेको छ अहिले  । तर  छानेर गरु कि  अफर आए जति सवै गरु  दोधारमा  छु । फिल्म छान्न थाल्यो भने  ठूली  पल्टिछे भन्न थाल्छन् , अनि जे  अफर आयो त्यहि गर्‍यो भने  जे पायो त्यहि फिल्म खेल्न  थालि भन्छन । त्यसैले अलि दोधारमा पनि छु ।  म छिट्टै नै निखिल जि सँगै लुटेरा  पनि खेल्दै   छु । र   यसै बीचमा केही ¥यापमा पनि देखिए  । मलाइ लाग्छ  जे पायो त्यही  फिल्म खेल्नु भन्दा पनि आफुलाई इ सुहाउँदो छानेर नै खेल्नुपर्छ । दर्शकहरुले अब मलाइ कसरी हेर्नुहुन्छ भन्ने कुरालाइ पनि ध्यान दिनै पर्ने हुन्छ ।

तर निखिल जीसँग विवाह भए पछि तपाईं  यो क्षेत्रबाट टाढा रहनु भयो नि ?
त्यस्तो होइन, मैले यो क्षेत्रबाट टाढा रहने कल्पना पनि गर्न सक्दैन । उहाँसग वैवाहिक वन्धनमा बाधिए पछि बच्चाहरु भए तिनीहरुको रेखदेमा केही समय आफूलाई संलग्न गराए फेरि यो क्षेत्रमा आएकी छु ।  सकारात्मक होस या नकारात्मक यो क्षेत्रबाट  केही समय गायव हुँदा पनि मेरो चर्चा नै भयो   । करिव चार वर्ष पछि फेरि दर्शकले उही सञ्चितालाई हेर्न पाउने हुनुभएको छ । एक छोरा र एक छोरीकी आमा बने पछि सञ्चिता निक्कै मोटो भयो अब उसको फिल्मी  करियरमा फुलस्टप लाग्यो भन्नेहरुको पनि कमि थिएन । तर यि सव कुराहरुलाई पन्छयाउदै म पुन अभिनय यात्रामा फर्किएको  हुँ  ।

लामो समयपछि फिल्मी क्षेत्रमा पुनरागमन गर्नु भएको छ यो बीचमा कस्तो फरक अनुभव गर्दै हुनुहुन्छ ?
मैले माथि पनि भने घरायासी कारणले म यो क्षेत्रमाबाट केही समय ओझेल भए । तपाईंले भने जस्तै मैले  फेरी यो क्षेत्रमा पुनरागमन गरेकी छु । यो चार वर्षको अवधिमा केही फरक त आएको छ हाम्रो  क्षेत्रमा । त्यस्तै प्राविधिकरुपमा धेरै नै फड्को मारेको  क्षेत्रले । डिजिटल फ्रम्याटबाट सबैकुरा हुने गरेको छ अहिले । यसले पनि पहिला भन्दा धेरै सजिलो बनाएको छ । साथै फिल्म  सम्बन्धी न्यूज कभरेज गर्ने मिडियाहरु पनि पहिला भन्दै धेरै नै देखिएको छ । यसमा अनलाइन मिडियाहरु र अन्य मनोरञ्जन प्रस्तुत गर्ने मिडियाहरुको बाक्लो उपस्थिति देखिएको छ ।

यो बीचमा यस क्षेत्रलाई कतिको मिस गर्नु भयो ?
निक्कै नै मिस गरे यो क्षेत्रलाई । यो क्षेत्रबाट मैले जुन नाम र इज्जत पाए त्यसलाई मैले चाहेर पनि न्याय गर्न सकिन यो बीचमा । म अब फेरि नयाँ जोश र जागरका साथ आएकी छुँ । दर्शकहरुलाई पूर्ण मनोरञ्जन दिन । चार वर्षसम्म विविध कारणले यो क्षेत्रबाट टाढा रहेर घर परिवारमा नै सिमित रहे पनि मेरो दिल दिमाग भने यो क्षेत्रबाट टाढा कहिल्यै रहेन । म पुनः आउँदा सबैले मलाई फेरि वाह वाही गरेको देख्दा म यती लामो समय यो क्षेत्रबाट टाढा थिए र जस्तो लाग्दैछ यतीवेला । म यस मानेमा खुसी छु कि मलाई हिजो जस्तै माया स्नेह दिइरहनुभएको छ सबैले । आशा छ मेरा फिल्म  हेरेर दर्शकहरुले मलाइ सकारात्मक प्रतिक्रिया दिनु हुनेछ भन्ने  बिश्वास छ ।

 

नाईँ नभन्नू ल ३ सुटिङका क्रममा अभिनेता सुरज सिंह ठकुरीका साथ  संचिता । यो फिल्म आउँदो चैत्र २७ देखि प्रर्दशन हुँदैछ ।

नाईँ नभन्नू ल ३ सुटिङका क्रममा अभिनेता सुरज सिंह ठकुरीका साथ संचिता । यो फिल्म आउँदो चैत्र २७ देखि प्रर्दशन हुँदैछ ।

 

तपाईंले खेलेका फिल्म मध्ये  न्याय गर्न सकेको फिल्म कुन हो जस्तो लाग्छ ?
मैले हरेक फिल्ममा उत्कृष्ट अभिनय गर्ने नै सोच बनाएर अभिनय गरेकी हुन्छु । हरेक फिल्म उत्कृष्ट गर्ने प्रयास गरेकी हुन्छु । मेरा लागि सबै फिल्म उत्तिकै हो । मैले गरेका कतिपय फिल्मले ५२ दिनको सफलता पनि पाएका छन् । मैले खेलेका केही फिल्महरुको नाम नै लिनु पर्दा दासढुङ्गा, माया नमार, आर्शिवाद, छोडि गए पाप लाग्ला लगायतका फिल्महरुले ५२ दिन मनाएका छन् । तर मैले अभिनय गरेको पहिलो फिल्मअप्सरा जसलाई मैले कहिल्यै भुल्न सक्दीन जसले मलाई यो क्षेत्रमा संचिता लुइँटेल भनेर चिनायो ।

 लामो समयदेखि तपाईं यो क्षेत्रमा हुनुहुन्छ । अहिलेसम्म आउँदा नेपाली फिल्ममा महिलाको स्थान कस्तो पाउनुहुन्छ ?
फिल्ममा मात्र होइन हाम्रो हरेक क्षेत्रमा महिलाको स्थान समान भएको पाइदैन । मलाई लाग्छ महिला र पुरुष जेन्डरको आधारमा मात्र फरक छन् । हामी महिलासँग जुन क्षमता सायद त्यो पुरषसँग छैन त्यसमा हामीले गर्व गर्नै पर्छ । एउटी महिला आमा, छोरी, बुहारी, बहिनी, श्रीमती सबै हुन्छन् । उसले घर परिवार देखि समाजसम्म सबैतिर आफ्नो महत्वपूर्ण भूमिका निभाउन सक्छ । महिलाले गर्न नसक्ने भन्ने त्यस्तो कुनै छैन तर त्यसका लागि आत्मविश्वास र क्षमताको विकास गर्नु जरुरी हुन्छ जस्तो मलाई लाग्छ । महिला आफैले भन्दा पनि पुरुषहरुको त्यतीकै साथ सहयोग चाहिन्छ भने पुरुषहरुलाई पनि सफलताको लागि महिलाहरुको साथ सहयोगको जरुरी हुन्छ ।

नाईँ नभन्नू ल ३को शिर्ष गीतमा यस्तो देखिएकी छिन् संचिता हेर्नुस् । 

साभारः गीता अधिकारी  (फिल्मीखबर साप्ताहिक )