NewsFilmy

त्यो समय हेर्नका लागि टिभि पनि थिएन् दीपाको डेरामा

आज आफैले बनाएको फिल्ममा नाच्दै

  • February 4, 2015 3:07 am
  • News FIlmy

Deepa Shree Niraula

आजको दिनमा दीपाश्री निरौला  त्यतिकै खुसी र सुुखी भएकी हैनन् । कडा भन्दा कडा परिश्रमबाट पाएको  फलका कारण आजको दिनमा उनी रेखा थापा पश्चात सवैभन्दा धेरै चिनिने महिला फिल्मकर्मीमा पर्छिन् भन्दा फरक नपर्ला ।

२०५४  सालमा करिअर सुरु गर्ने क्रममा दीपाको दुःख तपाईले सोचे भन्दा निकै माथि थियो जुन दुःखलाई सम्झिएर कहिले काँही दीपाका आँखाहरु त्यसै रसाउँछन् ।

दीपक श्रेष्ठको पहिलो निर्देशनमा बनेको फिल्म गाउँलेमा अभिनय गर्ने मौका पाएपछि सोही फिल्मको गोली शीशाको  भन्ने गीतमा नाच्ने मौका पनि पाईन जुन मौकाले आज उनलाई फिल्म उद्योगमा स्थापित मात्रै गराईदिएन एउटै फिल्मबाट नम्बर वान प्रोड्यूसरहरुको लिष्टमा पनि अटादिएको छ ।

गाउँले फिल्मको गोली शीशाको गीतमा नाचिरहेको स्क्रिन सटमा दीपा

गाउँले फिल्मको गोली शीशाको गीतमा नाचिरहेको स्क्रिन सटमा दीपा

गाउँले फिल्म रिलिज हुने बेला टेलिभिजनमा जव दीपाले नाचेको गीत बज्द्थ्यो तव   आफू कस्तो देखिए भनेर हेर्नका लागि उनीसंग टिभी पनि थिएन् । पूरानो बानेश्वरमा लिएको सानो डेरा जहाँ उनीसंग पर्याप्त पैसा थिएन् । टिभी हेर्नका लागि छिमेकीको साहारा लिनु पर्दथ्यो त्यहि एरियामा आज उनले सवाँ करोडमा घर किनेकी छिन् । स्यान्ट्रो  गाडी र  दरवारमार्ग जस्तो महंगो एरियामा  खोलिएको किङ्गग्स् क्याफेको मालिक पनि  बनाईदिएको छ उनलाई । यी बाहेक दीपाले बाहिर सार्वजनिक नगरेका अन्य ब्यावसाय पनि रहेको अनुमान फिल्म बृत्तमा गरिएको छ ।

साथीभाईहरुले ‘तलाई निकै राम्रो देखिएको थियो, गीत पनि कति राम्रो भनेर प्रतिक्रिया दिदा  सो समय  बनावटी हाँसो सहित साथीभाईहरुका लागि मुस्कान सहितको प्रतिक्रिया दिन्थिन दीपा तर उनका साथीहरुलाई के थाहाँ दीपाको डेरामा हेर्नका लागि टिभी पनि थिएन् भनेर ।

‘ गोली शीशाको गीत म्यूजिक काउन्डाउनमा नम्बर वान भईरहँदा सम्म मैले आफूलाई टेलिभिजनमा राम्रोसंग नाचेको देख्न पाईन पछि त्यहि गीतले मलाई सफलता र हौसला दियो काम दियो अनि आज यो नाम दियो ।’  दीपाले न्युज फिल्मीसंगको कुराकानीमा पूरानो कथा सम्झिएकी छिन् ।

दीपाले गत बर्षदेखि सहकर्मी दीपकराज गिरी र निर्मल शर्मासंगको सहकार्यमा ६ एकान ६ भन्ने फिल्म बनाईन जुन फिल्मले  बक्स अफिशमा कमाल मच्चाएपछि उनले यस बर्षका लागि वडा नम्बर ६ टाइँटलमा दोश्रो  फिल्म बनाईरहेकी छिन् ।  ६ एकान ६को प्रोमोश्नल गीतको एक सिनमा मात्र देखिएकी दीपाले वडा नम्बर ६ मा भने दिल खोलेर कम्मर मर्काएकी छिन् । उनी फिल्ममा एक सस्पेन्स क्यारेक्टरमा रहेको बताईएको छ ।
Deepa Shree Niraula

कमेडी स्टारहरु धुर्मुस, मुन्द्रे , माग्ने बुढा, दयाहाङ राई सहित, नीर शाह, दीपकराज गिरी र प्रियंका कार्की जस्ता चलेका कलाकारहरु मुख्य भूमिकामा रहेको वडा नम्बर ६ लाई अघिल्लो फिल्म भन्दा उच्चकोटीको बनाउँने प्रायश गरेको दीपाको भनाई छ । केही दिन देखि दीपा वडा नम्बर ६को गीत सुटिङमा ब्यस्त छिन् । र सोही गीत सुटिङका झलकहरु यस्ता छन्  जहाँ दीपाले दिल खोलेर नाचेकी छिन् ।

wada no.6 shooting

Deepa Shree Niraula And Magne Buda

Dipakraj Giri and Priyanka Karki

DipakRaj Giri and Priyanka Karki

wada no. 6 shooting

wada no. 6

wada no. 6

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*