NewsFilmy

दीलिपले भने : ‘बरु खुट्टामा चप्पल मात्र होस् तर छाड्दिन’

खोले घर भित्रको रहष्य पनि

  • February 3, 2015 11:01 am
  • News FIlmy

Dilip-Rayamajhi-and Nandita Kc

मानिसको सोख विभिन्न प्रकारका हुन्छन् । भुवन केसीलाई डिङ्गो बुट लगाउने सोख छ भने दीलिप रायमाझीलाई क्याप ।

१६ बर्षको हुँदा देखि लगाउन थालेकोे क्याप दीलिपले रियल लाईफमा निकै कम खोलेका छन् । रमेश उप्रेतीको उदय पश्चत उद्योगमा स्टार बनेका दीलिप पछिल्लो केही बर्ष यता  सुस्त  भएका छन् । जुन सुस्ततालाई भंग गर्न आउँदो शुक्रवार देखि उनको एक प्रतिक्षित  फिल्म लोग्ने मान्छे रिलिज हुँदैछ ।

उद्योगबाट उनको स्टारडम खस्किनुको कारण चाँहि सानो बजेटका फिल्महरु खेल्नु हो जसको कथा देखि लिएर मेकिङ क्वालिटी समेत कमजोर हुँदा उनको करिअरमा निकै ठूलो असर पुग्यो जुन तथ्यलाई उनी आफै पनि स्विकार गर्छन् ।   लोग्ने मान्छेको प्रेसमिटमा दिलिपले पछिल्लो केही बर्षयता आफूले खेल्न नहुने प्रकृतिका फिल्म खेलेर गल्ती गरेको बताएका छन् । तर उनले आउँदो शुक्रवार देखि रिलिज हुने लोग्ने मान्छेलाई चाँहि धेरै पछिसम्झन योग्य फिल्मका रुपमा ब्याख्या गरेका छन् ।

‘आज म निकै बिजी थिए तर पनि यो फिल्मका लागि समय नदिनु आफ्नै लागि गल्ती होला भनेर आएको हुँ ।’  हिरोइन नन्दिता केसीसंग फोटो सुट चलिरहदा दीलिपले मिडियालाई उत्तर दिदै थिए ।

Dilip-rayamajhi-and-Nandita-Kc

‘फिल्ममा लोग्ने मान्छेलाई पूर्ण रुपमा गालि गरिएको छ जुन दृश्य हेर्दा हामीलाई पनि रमाईलो लाग्छ’  दीलिपले भनेका छन् ।  सिरियल निर्देशनमा अब्बल रहेका निर्देशक लय संग्रौलासंगको काम गराई पनि तारिफ योग्य रहेको दीलिपको भनाई छ । ‘मेरो कथा कता कता मिल्छ त्यसैले सुटिङ हुँदा रमाईलो पनि भयो  ।’  दीलिपले भनेका छन् ।

लोग्ने मान्छे एक्स्ट्रा  म्यारिटल अफएयरको स्टोरीमा बनेको फिल्म हो जुन फिल्म हरेक परिवारका लोग्ने र स्वास्नी मानिसले हेर्नै पर्ने फिल्म  भनी निर्माण पक्षले दावी गरेको छ ।

Dilip-Rayamajhi-and-Uttam-kc-and-Dinesh-Sitaula

दीलिपले मिडियासंगको विभिन्न प्रश्नउत्तरका क्रममा आफ्नो विगतलाई समेत खोल्न भ्याएका छन् । ‘एक पटक मेरो घरबार झण्डै विग्रिएको थियो किन कि म पनि कोही एक युवतीसंग नजिक थिए तर पछि बुझे त्यो सब गलत रहेछ त्यसैले अहिले मेरो परिवार सुखी छ ।’  दीलिपले घर भित्रको यो रहष्य संगै आफ्नो शिरमा रहेको क्याप रहष्यलाई पनि खोल्न भ्याएका छन् ।

एक मात्र सन्तान दिब्या रायमाझीलाई माया गर्दै दीलिप र उनको श्रीमती मञ्जु ।

एक मात्र सन्तान दिब्या रायमाझीलाई माया गर्दै दीलिप र उनको श्रीमती मञ्जु ।

तपाई प्राय सधै क्यापमा देखिनु हुन्छ कारण किन होला?  भन्ने प्रश्नमा उनले भनेका छन् ‘१६ बर्षको हुँदा देखि क्याप लगाएको थाहाँ छ त्यस पछि हरेक पब्लिक प्लेसहरुमा क्याप विना हिड्ने बानी भएन  । त्यसकारण पनि कहिले काँही लाग्छ बरु खुट्टामा चप्पल मात्र होस् तर छाड्दिन क्याप ।

dilip

उनले महंगो जुत्ता बरु नहोस् सस्तो क्याप लगाएर भएपनि म बाहिर निस्कने बताएका छन् । हिरोइन हुन लायक रहेकी एक छोरीका बाबु समेत रहेका दीलिपले आफ्नो शिरको क्याप  साथी भाईहरुलाई गिफ्ट गर्ने गरेका पनि छन् ।  ‘अहिले मेरो घरमा धेरै क्याप छैन् किन कि साथीभाईहरुले राम्रो भनेको खण्डमा उनीहरुलाई गिफ्ट पनि गर्ने गरेको छु ।’ दीलिपको भनाई छ  ।

 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*