NewsFilmy

बाँकी रह्यो हाउ फन्नी, चंखे शंखे पंखे र वडा नम्बर ६ को गीत सुटिङ

सिन सकेर फुर्सदमा हुने भो सुटिङ

  • January 7, 2015 4:17 pm
  • News FIlmy

Shooting Pic

गीत राम्रो भए ब्यापार पनि राम्रो हुनसक्छ भन्ने मान्यतालाई आधार मानेर होला आजकाल निर्माताहरुले फुर्सदमा गीतको छायाँकन गर्न थालेका छन् ।

बर्षकै सर्वाधिक बजेटमा बन्दै गरेको चंखे शंखे पंखे फिल्म होस दीपकराज गिरीको वडा नम्बर ६ र माल्भिका सुब्बाको  ग्रुपले बनाईरहेको हाउ फन्नीको गीत छाडेर सुटिङ प्याकअप भएको छ ।

‘राम्रो सेट लगाएर आकर्षक तरिकाले गीत खिच्ने तयारी गरिरहेका छौ त्यसैले सिन प्याकअप भएपनि दुई गीत खिच्न बाँकी छ । ‘ चंखे शंखे पखेका निर्देशक एवं अभिनेता सुर्दशन थापाको भनाई छ । सुर्दशनले दुई साता अघिनै फिल्मको सम्पूर्ण सिन खिचिसकेका छन् तर तीन मध्ये दुई गीतको क्वालिटीलाई उच्च ध्यान दिदै फ्रेस मुडमा गीत खिच्ने तयारी रहेको बताएका छन् ।

चंखे शंखे पंखेको एक दृश्य सुर्दशन थापा, सुवास थापा र प्रेम पुरी

चंखे शंखे पंखेको एक दृश्यमा सुर्दशन थापा, सुवास थापा र प्रेम पुरी

यसैगरी नम्वर वान निर्माता बन्ने दौडमा रहेका दीपकराज गिरीले पनि तीन गीतको छायाँकन बाँकी राख्दै सुटिङ सकेका छन् । ‘आजबाट सम्पूर्ण सिनको सुटिङ सकियो अब काठमाण्डूमै गीत खिचरे प्याकअप भएको घोषणा गर्ने छौ । ‘ बुधवार नुवाकोटबाट सम्पूर्ण टिमका साथ काठमाण्डू फर्किने क्रममा दीपकले न्यूज फिल्मीसंग भनेका छन् ।

दीपकका अनुसार माघ महिना भित्र २ गीत र फाल्गुन महिनाको उपयुक्त मौसम हेरेर अर्को एक गीतको सुटिङ सकेर मात्र रुपमा फिल्मको पूर्ण प्याकअप हुनेछ । ३९ दिन लगाएर वडा नम्बर ६ को सिन सुटिङ धुलिखेल र नुवाकोटमा चलेको थियो जसलाई उज्जवल घिमिरेले निर्देशन गरेका छन् ।

वडा नम्बर ६ को दृश्यमा नीर शाह, राजाराम पौडेल र उत्तम केसी

वडा नम्बर ६ को दृश्यमा नीर शाह, राजाराम पौडेल र उत्तम केसी

यसैगरी माल्भिका सुब्बा प्रोड्यूसर भएर बन्दै गरेको हाउ फन्नीको पनि तीन गीत थाती राख्दै सिन सुटिङ प्याकअप भएको छ । अफिशियल मिडिया म्यानेजर प्रदीप कार्कीका अनुसार जाडो मौसममा केही परिवर्तन देखिना साथ बाँकी तीन गीत खिचिने छ । तर यसका लागि केही दिन वा हप्ताको समय लाग्ने चाँहि निश्चित छ ।

हाउ फन्नी निलु डोमा शेर्पाको डेब्यू निर्देशनमा बन्दै गरेको फिल्म हो जहाँ प्रियंका कार्की, केकी अधिकारी, दयाहाङ राई, अनुप विक्रम शाही र निशा अधिकारी मुख्य भूमिकामा छन् ।  फिल्मको सिन सुटिङ पच्चिस दिन लगाएर गत आईतवार सकिएको हो ।

हाउ फन्नीको सेटबाट प्राप्त एक तस्बिरमा केकी अधिकारी, प्रियंका कार्की र दयाहाङ राई कफी मुडमा

हाउ फन्नीको सेटबाट प्राप्त एक तस्बिरमा केकी अधिकारी, प्रियंका कार्की र दयाहाङ राई कफी मुडमा

यसैगरी बर्षका थप दुई ठूला फिल्म फूलै फूलको मौसम तिमीलाईको पनि टाईटल गीतको एक दृश्य खिच्न बाँकी रहेको निर्देशक एवं निर्माता दिनेश डिसीले जानकारी दिएका छन् ।

डिसीका अनुसार गीतका लागि हेलिकप्टरको एक दृश्य र दुई सिन खिच्न बाँकी रहेको छ जसको छायाँकन यहि हप्ता भित्र सक्ने योजनामा उनी छन् । ‘मौसम र समय दुवै नमिल्दा यी चीज खिच्न सकिएको थिएन अब चाँडै ती दृश्य खिचेर गीत सार्वजनिक गर्नेछौ ।’  डिसीले भनेका छन् । डिसीको फिल्म चैत्र २७ मा  तीन ठूला मेकरका फिल्मका साथ प्रर्दशन हुँदैछ ।

फूलै फूलको मौसम तिमीलाईको गीतको दृश्यमा हिरोइन नीता ढुंगाना र हिरो आमेष भण्डारी

फूलै फूलको मौसम तिमीलाईको गीतको दृश्यमा हिरोइन नीता ढुंगाना र हिरो आमेष भण्डारी

यसैगरी चैत्र २७ मै प्रर्दशन हुने अर्को बल्कबष्टर सिरिज नाईँ नभन्नू ल ३ को शिर्ष गीतको छायाँकनमा अवरोध आएकाले पुनः गीतको छायाँकन हुने छ । निर्माता एवं संरक्षक   विकास आचार्यका अनुसार खिचिएको गीतमा केही दृश्य अपुग भएकाले चाँडै त्यस तर्फको काम अघि बढाईने तयारी भईरहेको छ । तेश्रो सिरिजको निर्देशन अभिभारा मुस्कान ढकाललाई दिएका बिकासले फिल्मको छायाँकन डेढ महिना अघिनै सकेका थिए ।

Sanchita Luitel and Suraj Singh Thakuri

नाईँ नभन्नू ल ३ को शीर्ष गीतमा नाच्ने क्रममा हिरो सुरजसिंह ठकुरी र हिरोइन संचिता लुइँटेल । यहि गीतको छायाँकनमा समस्या आएपछि निर्मार्ण यूनिटले पुनः सुटिङ गर्न लागेको हो ।

यसैगरी महिना दिनको विश्राम पश्चात भूल भुलैयाको एक गीतको छायाँकन दुई हप्ता अघि मात्र गरिएको थियो । निर्देशक योगेश घिमिरेका अनुसार राम्रो गीत बनाउने उद्देश्यका कारण एक गीतको छायाँकन ढिला गरिएको हो । छायाँकन भएको उक्त गीतलाई माघ महिनाको अन्त्यमा रिलिज गर्ने योजना बुनेका छन् योगेशले ।

जीवन लुइँटेल नीता ढुंगाना र सोहित मानन्धर मुख्य भूमिकामा रहेको भूल भुलैया चैत्र १३ देखि प्रर्दशन हुँदैछ ।

गीत छायाँकनका क्रममा हिरो जीवन र हिरोइन नीता

गीत छायाँकनका क्रममा हिरो जीवन र हिरोइन नीता

 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*