NewsFilmy

News Feature : नाईँ नभन्नू ल -३ मा निर्माता निर्देशकका छोरा

भित्रिदैछ यस्तो जेनेरेशन पनि

  • November 19, 2014 12:58 pm
  • News FIlmy

Shwasat Maan Singh And Arush Ghimire

लामो समय देखि फिल्म उद्योगमा सक्रिय रहेका वितरक एवं निर्माता नरेन्द्र  महर्जन र निर्देशक योगेश घिमिरेका छोराले नाईँ न भन्नू ल – ३ बाट अभिनय यात्रा सुरु गरेका छन् ।

केमियो रोल सहित उनीहरुले फिल्मको एउटा महत्वपूर्ण दृश्यमा गितार बजाउन भ्याए जसलाई देखेर सुरज सिंह ठकुरी र संचिता लुइँटेल प्रभावित हुने सिक्वेन्स फिल्ममा छ ।

छायाँकनको अन्तिम चरणमा रहेको नाईँ न भन्नू ल – ३ बालबालिका र परिवार लक्षित  फिल्म हो जसमा बाल हिरो अनुभव रेग्मी उस्तै शसक्त भूमिकामा देखिदैछन् ।

Suraj Singh Thakuri and Sanchita Luitel

सानै देखि उ फिल्म हेर्न रुचाउथ्यो त्यसैले मैले अघिल्लो फिल्म नोटबुकमा पनि उसलाई अलिकति अनुहार देखाउने मौका दिएको थिए । र सोही कारणले होला आजकाल हरेक दिन उसले मलाई फिल्म खेलाउन आग्रह गरिरहेको हुन्छ । योगेशले छोराको फिल्म अभिनयमा बढेको रुचीका बारेमा न्यूज फिल्मीलाई भनेका छन् । २ कक्षामा पढ्ने योगेशका एक मात्र छोरा अरुष ७ बर्षका छन् जो पढाईमा पनि राम्रै रहेको उनको भनाई छ । उसलाई गितार पनि बजाउन आउँछ अनि नाच्न पनि । र अर्को कुरा चाईल्ड स्टोरीमा फिल्म बनाउन उसले हरेक दिन भनिरहेकाले आउँदो प्रोजेक्ट यस्तै सब्जेक्टमा गर्ने सोचमा पुगेको छु म पनि । योगश भन्छन् ।

उता बल्कबष्टर फिल्म लुटका निर्माता समेत रहेका वितरक नरेन्द्र  महर्जन आफ्नो कान्छो छोराले फिल्म विद्यामा देखाएको रुचीले निकै दङ्ग छन् ।  जेठोको रुची अन्य बिषयमा रहेपनि १२ बर्षे कान्छो छोरा शाश्वतले फिल्म अभिनयमा देखाएको रुचीले उनी आफ्नो विंडो धान्नेमा विश्वस्त भएका हुन ।

निकै शक्तिशाली वितरकका रुपमा चिनिने नरेन्द्रले हाईस्कुल सकिए लगत्तै छोरालाई फिल्म विषय अध्ययन गराउन भारतको पुना पठाउने निर्णय समेत गरेका छन् । उनका छोरा अहिले ६ कछामा पढ्छन् जसको पढाई पनि निकै तेज रहेको नरेन्दको भनाई छ ।

हरेक हप्ता रिलिज हुने फिल्मको बारमा उसले मलाई सोधिरहन्छ र फिल्म हेरेपछि आफै रिभ्यू पनि गर्दछ त्यसकारण उ मा फिल्म प्रतिको मोह निकै रहेको मैले विश्लेषण गरेको छु । नरेन्द्र बताउछन् । छोराहरुले बल्कबष्टर सिरिज नाईँ नभन्नू ल ३ मा अभिनय गर्ने मौका पाएपछि नरेन्द्र र योगेश निकै दङ्ग समेत छन् ।

तस्बिरको दायाँ तर्फा छोरा अरुषका साथ निर्देशक घिमिरे र श्रीमती र छोराका साथ वितरक एवं निर्माता महर्जन

तस्बिरको दायाँ तर्फा छोरा अरुषका साथ निर्देशक घिमिरे र श्रीमती र छोराका साथ वितरक एवं निर्माता महर्जन

पछिल्लो केही बर्षयता फिल्मकर्मी र ब्यावसायीका सन्तानहरुले अन्य पेशा रोज्नु भन्दा यहि पेशा उपयुक्त रहेको ठहर गर्दै फिल्म क्षेत्रमा पाईला अघि बढाईरहेका छन् जसले गर्दा फिल्म उद्योगको भबिष्य सुनौलो हुने संकेत  देखिएको छ । उद्योगमा निर्देशक बदी अधिकारीको छोरी केकी अहिले ब्यस्त हिरोइनमा गनिन्छिन् भने सुपरस्टार भूवन केसीका छोरा अनमोल आफै सुपरस्टार हुने दौडमा लम्किदै बाबुको नाक जोगाउन सफल भईसकेका छन् ।

यसैगरी बरिष्ठ कलाकार टीका पहाडीका छोरा गौरव नयाँ हिरोहरुको भीडमा आफूलाई अब्बल हिरा भनी स्थापित गराउन सफल भएका छन् भने निर्देशक शोभित बस्नेतका छोरा सलोनले बालापनमा गरेको उत्कृष्ट अभिनयलाई हिरो भएर ईज्जत जोगाउन सफल भईरहेका छन् ।

डेब्यू फिल्म होस्टेलको पोष्टरमा अनमोल केसी, सलोन बस्नेत र गौरव पहारी । गत बर्ष प्रर्दशन भएको यो फिल्मले ब्यापारिक सफलता मात्र हात पारेन यी तिनै कलाकारलाई फिल्म उद्योगमा स्थापित समेत गराएको छ ।

डेब्यू फिल्म होस्टेलको पोष्टरमा अनमोल केसी, सलोन बस्नेत र गौरव पहारी । गत बर्ष प्रर्दशन भएको यो फिल्मले ब्यापारिक सफलता मात्र हात पारेन यी तिनै कलाकारलाई फिल्म उद्योगमा स्थापित समेत गराएको छ ।

यस्तै निर्माता उद्धव पौडेलका छोरा जो पाँच बर्षअघि कुसुमे रुमाल २ लाई निर्देशन गरेर उद्योग भित्रिएका नयाँ निर्देशक हुन भने उद्धवकै छोरी निकिता पनि निर्देशक भएर उद्योगमा भित्रिने तयारीमा जुटेकी छिन् । उता फाईट मास्टर एवं कलाकार राजेन्द्र  खड्गीकी  छोरी पनि हिरोइन भईसकेकी छिन् भने खड्गीका पुरै परिवारले फिल्म अभिनयमा केमियो गरिसकेको छ ।

हालका बालकलाकार अनुभव रेग्मी जो स्टारका रुपमा चिनिन्छन् उनी पनि कलाकार एवं ईमान्दार प्रोडक्सन कन्ट्रोलर  अरुण रेग्मीका एक मात्र सुपुत्र हुन । अनुभवको आमा कविता समेत कुनै समयकी मोडल एवं फिल्म र टेलि फिल्मकी कलाकार हुन जसको ईज्जतलाई अनुभवले अहिले बोकेर हिडिरहेका छन् ।

अनुभव रेग्मी आफ्नो परिवारका साथ

अनुभव रेग्मी आफ्नो परिवारका साथ

यसैगरी बालकलाकारहरुको भीडमा संगीतकार चेतन सापकोटाका छोरा शिर्षकले भूवन के.सीको फिल्म साथी म तिम्रोबाट अभिनय यात्रा सुरु गर्दै सवैको मन जितिसकेका छन् भने हिरो गजित बिष्टका ८ बर्षे छोरा सौगातले  विश्वकै कान्छा कान्छा निर्देशकको परिचय बनाउन गिनिज बुकमा नाम लेखाउने तयारी गरिरहेका छन् ।  गजितको छोरी पनि बालकलाकारको रुपमा फिल्म उद्योगमा ब्यस्त नै छिन् भन्दा फरक पर्दैन ।

अभिनेता गजित आफ्नो आठ बर्षे छोरा सौगातका साथ । सौगातले निर्देशन गरेको फिल्म लभ यू बाबा मंसिर २६ देखि सार्वजनिक प्रर्दशनमा पनि आउँदैछ ।

अभिनेता गजित आफ्नो आठ बर्षे छोरा सौगातका साथ । सौगातले निर्देशन गरेको फिल्म लभ यू बाबा मंसिर २६ देखि सार्वजनिक प्रर्दशनमा पनि आउँदैछ ।

यसैगरी दीपकराज गिरीको छोरी मौसमीले पनि आफ्नो रुची अभिनयमा देखाएपछी दीपकले तीतो सत्यको केही भागमा उनलाई खेलाउन भ्याएका पनि छन् ।
अन्य कलाकारहरुका सन्तानको कुरा गर्नु पर्दा अभिनेत्री मौसमी मल्लका छोरा विक्की पनि उद्योगमा हिरो भईसकेका छन् । नाच्नमा निकै पोख्त विक्कीले छोटो समयमा तीन वटा फिल्ममा अभिनय समेत गरेका छन् ।

यी बाहेक सफल निर्माता सुनिल कुमार थापा र अभिनेत्री झरना थापाको छोरी सुहानाले हालै मात्र फिल्म ब्यावसायमा बाबु अमालाई सघाउने निर्णय सहित आफ्नो अनुहार हङकङ स्थित सातौं नेफ्टा अवार्डबाट देखाईसकेकी छिन् ।

यसैगरी फिल्म उद्योगमा बरिष्ठ संगीतकार शम्भूजीत बाँसकोटाका छोरा सौर्यजीतले एउटा फिल्ममा कुसुमे रुमाल २ मा संगीत भरेर आफ्नो यात्रा फिल्म उद्योगमा राखिसकेका छन् भने उनी पुनः यो उद्योगमा फर्किएर करिअर बनाउने सोच बुनिरहेका छन् ।

उता मनराज नकर्मीका दुवै छोरी अशिष्मा र एन्जला फिल्म उद्योगमा सक्रिय छिन् । ऐन्जला भन्दा अशिष्मा हिरोइन  बनिसकेकाले  उनको चर्चा रजतपटमा अलि बढी छ । फिल्म उद्योगमा सेकेण्ड जेनेरेशनको कुरा गर्ने हो भने बरिष्ठ निर्देशक शम्भू प्रधानका छोरा अहिले क्यामेरा पर्सन भएर उद्योगमा फर्किका छन् भने छोरी ईश्वरी प्रधान कुनै समयकी हिरोइनै थिईन् ।

 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*