हिरोइनको भाईसंग पूर्व मिस नेपाल मोक्तानको विहे हुँदै !

मेरी कोम हेर्न संग- संगै पुगेका थिए उनीहरु

  • September 9, 2014 8:08 pm
  • News FIlmy

हिरोइन प्रियंका कार्कीको फष्ट कजन ब्रदर अर्थात प्रियंकाको आफ्नै मामाको छोरा डिकेश मलहोत्रा र मिस नेपाल २००९ की टाईटल वीनर जेनिशा मोक्तान बीच माया प्रेम चलेको केही बर्ष भईसक्यो ।

ओप्पन सिर्केट रहेको उनीहरुको सम्बन्धले चाँडै विवाहको रुप लिने खबरहरु पनि बाहिरिएका छन् यति बेला । प्रियंका भन्दा डिकेश मात्र चार महिनाले कान्छो रहेको सुत्रबाट बुझिएको छ ।

डिकेशको मुख्य परिचय दिनु पर्दा उनी नेपालका लागि सामसुङ मोबाईलको आधिकारिक डिलर प्रमुख ईन्टरन्याश्नल मार्केटिङ सर्भिसेस प्रालिका अध्यक्ष  हुन ।

विदेशमा पढेर आएका डिकेश नेपालमै केही गरु भन्ने स्वभाव बोकेका युवा ब्यापारी हुन । जसले नेपालको बेरोजगारीलाई हटाउने बिषयमा ज्यादा चिन्ता गर्छ । डिकेशले दिनहु बाहिरि रहेको युवा शक्तिलाई नेपालमै कसरी प्रयोग गर्ने भन्ने योजना बुनेर  समेत  बसिरहेको सुत्र बताउछ ।

भद्र  स्वभावका कारण मिस नेपाल मोक्तानले डिकेशलाई हुने बाला श्रीमानको रुपमा रोजेको सुत्रको भनाई छ । जेनिशाले डिकेशको मुख्य कर्मचारी भएर  केही समय देखि सघाईरहेकी पनि छिन् ।

मंगलबार राति सुनील थापाले खेलेको बलिउड फिल्म मेरी कोमको स्पेशल शो हेर्न संग- संगै  पुग्दा न्यूज फिल्मीले उनीहरुको तस्बिर कैद गरेको थियो ।

Sunil Thapa

Dikesh Malhotra

One thought on “हिरोइनको भाईसंग पूर्व मिस नेपाल मोक्तानको विहे हुँदै !

  1. हिरोइन प्रियंका कार्कीको फष्ट कजन ब्रदर अर्थात प्रियंकाको आफ्नै मामाको छोरा डिकेश मलहोत्रा ???

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*