NewsFilmy

डाह लाग्ने गरी मधुलाई महानायकले यसरी गरे सार्वजनिक (भिडियो सहित)

प्रपोज गर्दा जापानबाट आमाले किनेको नेकलेस सेटको साहारा/ नौ बर्षदेखि थियो उनीहरुको चिनजान

  • May 14, 2014 5:02 pm
  • News FIlmy

Rajesh Hamal

चोखो प्रेम गर्ने जो कोही जोडीलाई महानायकको प्रपोज गर्ने स्टाईलले डाह हुन  सक्छ । किन कि  महानायक राजेश हमालले डाह लाग्ने शैलीमा आफ्नी हुनेवाली श्रीमती सार्वजनिक गरेका छन् ।

न्यूज फिल्मीलाई दिएको पूर्व जानकारी अनुसारनै हमालले बुधबार राति साढे सात बजे प्रेमिका मधु भट्टराईलाई उच्च कोटीको स्टाईलमा पहिलो पटक मिडिया सामु चिनाएका हुन ।

भ्वाईलनको धुनमा गायक राजेश पायल राईले  हमाल र नन्दिता केसी अभिनित फिल्म ‘द युग देखि युग सम्म’ को ‘न कुनै बन्धन न कुनै परिधि, माया गर्छु तिमिलाई जुनीजुनी’  गीत गाँउदै  गर्दा मधुलाई हमालले नेकलेस  पहिराईदिए अनि गुलावको साहारमा प्रपोज पनि । ‘ यो मेरो आमाको नेकलेस हो जुन बुहारीका लागि छाडेर जानुभएको थियो । ‘  उनले भने

मैन बैत्ती र वाईनले भरिएको ग्लास साथमा स्वर्गीय पिता चुडाबहादुर र आमा रेनुको फोटोको सामुन्ने हमालले यसरी मधुलाई प्रपोज गरेका थिए । नेकलेस पहिरिाई दिएलगत्तै हमालले मधुसंग सानो डान्स समेत गर्न भ्याए । मधुलाई पहिराईदिएको औठी, टप, ब्रासलेट र नेकलेस  जापनीज मोती र सुनबाट बनेको हो ।

न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार जापान भ्रमणका क्रममा हमालकी आमा रेनुले सो नेकलेस सेट खरिद गरेकी थिईन जुन नेकलेसले बुहारीको मुख हेर्ने चाहाना उनीमा थियो । हमाललको आमा र बुबा वितेको दशक भईसकेको छ । ‘आज आमा र बुवालाई मिस गरिरहेको छु’   खुशीयाली माहोलमा हमालले मलिन स्वरमा भने ।

उक्त अबसरमा हमालले ९ बर्ष अघि मधुसंगको पहिलो भेट होटल ह्यातमा आयोजित एक पार्टीमा भएको जानकारी गराए । उक्त पहिलो भेट मे २८ तारिख रहेकाले पनि सोही कारण मधुलाई आउँदो मे २८ (जेष्ठ १४) का दिन भब्य रिसेप्सन पार्टीबाट  आफन्तहरु माँझ  उनले चिनाउदैछन् । ‘मे २८  मा हाम्रो पहिलो भेट भएको थियो त्यसकारण आउने मे २८मा रिसेप्सन पार्टी हुने छ’  उनले भनेका छन् ।

तर विवाहको मिति भने आधिकारिक रुपमा अझै खोलिएको छैन् । यस अघि लगन विनाको दिन जेष्ठ १३ र १४को मितिमा विहे हुने खबर बाहिरिए पनि हमालले बहिनी र दीदीहरुको परिवार अमेरिकाबाट केही दिनभित्रै नेपाल आउने कार्यक्रम रहेका कारण बिहे मिति उनीहरु आएपछि मात्र टुंगो लाग्ने बताएका छन् । यध्यपी जेष्ठ १० वा ११को मितिमा उनको बिहे भईसक्ने सम्भावनाहरु प्रबल छन् । ‘मेरो रगतको नाता पर्नेहरु मात्र बिहेको दिन उपस्थित हुनु हुनेछ तर मधुजीको तर्फबाट कति उपस्थित हुनुहुन्छ उहाँलाईनै सोध्नु पर्छ ।’  हमालको भनाई थियो ।  तर कार्यक्रममा मधुलाई मिडियासंग बोल्न चाहि  दिईएन ।

९ बर्ष अघिको पहिलो भेटमा हमालले मधुलाई भिजिटिङ कार्ड दिएका थिए त्यस पश्चात  निरन्तर कुराकानी हुन थाल्यो अनि प्रेम गाडा भयो रे । यस्तै भनेका छन् महानायकले । पूर्व मोडल समेत रहेकी मधु उमेरले २८ बर्ष पुगिसकेकी छिनन् भने भने हमाल ५० बर्ष नाघेका छन् । मधुको उचाई ५ फिट ६ ईन्च छ भने हमाल ठीक ६ फिट छन् ।

 

Rajesh Hamal

Rajesh Hamal

Rajesh Hamal

 

Madhu Bhattarai

Rajesh Hamal

तस्बिर : दीप बिमली

 

 

भिडियो सौजन्य : अनलाईनखबर डटकम

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*

Similar Stories

राजेश हमालको अमेरिका हनिमुन योजना रद्ध हुने प्रवल सम्भावना

एकाउन्न बर्ष पुगेका महानायकलाई भन्नुस् : ह्याप्पी बर्थडे

पुर्खौली घरमा श्रीमती सहित हमाल

वाइनको चुईष्कीमा हमालको सुहागरात

घरमा हैन धुलिखेलको रिसोर्टमा हुने छ महानायकको सुहागरात

हेर्नुहोस् महानायकको विवाह तस्बिरहरु

बिहेको दिन पनि सिंगारिएन  महानायकको घर !

उच्च सुरक्षाका बीच होटल अन्नपूर्णमा महानायकको बिहे

भोली हुँदैछ राजेश हमालको बिहे

हेर्न नभूल्नुस् रजतपटमा राजेश हमालको विवाह विशेष ईन्टरभ्यू

जेष्ठ १४ गते औँसीको दिन हुनेछ राजेश हमालको बिहे

महानायकले बिहे अघि मधुलाई यसरी सार्वजनिक गर्दैै

पार्लर ओपनिङमा खुल्यो राजेश हमालको कपाल कथा

राजेश हमालले कहिले बिहे गर्लान अनि कहिले छोरो होला यत्रो ?

Exclusive : ट्राफिकको फन्दामा राजेश हमाल/गल्ती गर्दापनि कारबाही भएन उनलाई

Exclusive : यसरी नाचेका थिए गर्लफ्रेण्डका अगाडी हमाल

Exclusive : मधु महानायकको सातौं नम्बरकी गर्लफ्रेण्ड