NewsFilmy

जेष्ठ १४ गते औँसीको दिन हुनेछ राजेश हमालको बिहे

परम्परालाई मान्यता दिने हो भने यो दिन शुभ कार्य हुदैन

  • May 8, 2014 3:00 pm
  • News FIlmy

Rajesh Hamal

अनुप भट्टराई

हिन्दु परम्परा अनुसार औँसीको दिन विवाह गर्नु शुभ हैन तर त्यहि दिन महानायक राजेश हमालले लगन गाँठो कस्ने खबर बाहिरिएको छ ।

परम्परालाई आधार मान्ने हो भने औँसीको दिनलाई पितृ कार्य (श्राद्ध ) गर्ने दिन मानिन्छ तर हमालले भने विवाह जस्तो शुभ कार्यलाई जेष्ठ १४ गते औँसीको दिन गर्ने निर्णय गरेको खबर बाहिरिनु आफैमा अचम्मको बिषय बनेको छ ।

पण्डित कमल कट्टेलका अनुसार ‘शास्त्रले औँसीका दिन सामान्य पूजालाई समेत निषेध गरेको दिन भएकाले विवाह जस्तो ठूलो यज्ञ गर्ने निर्णय लिनु राम्रो कदम हैन ।’ कट्टेलका अनुसार जेष्ठ महिनाको सबै भन्दा उत्तम विवाह मिति जेष्ठ २८ गते परेको छ । यो दिन विशाखा नक्षत्र परेकाले सम्बन्ध दरिलो हुने उनी बताउछन् ।

जेष्ठ महिनाको २८ मिति बाहेक विवाहका लागि १, ३, ५, १०, ११, १६, २१, २२, २३, २४, २६, २७, २९, ३०, र ३१ गते शुभ लगन छन् । तर शास्त्रले हमालको विवाह हुने भनिएको १४ को मितिमा कुनै लगन देखाउदैन । यता जन्मोत्सवको हकमा चाहि शास्त्रले औँसीको दिन जन्मिएको ब्यक्तिको अष्ट चिरञ्जीवी पुजा वा भनौ जन्मोत्सव पुजा गर्न चाहि मिल्ने बताउछ ।

बुढेसकालमा गर्न लागेको पहिलो विवाह अघि महानायकले आउदो मंगलबार मिडियालाई हुनेवाली श्रीमती मधु भट्टराई चिनाउने तयारीमा गरेका पनि छन् । त्यस दिन उनले आमाले बुहारीका लागि भनेर छाडेर गएको उपहार गर्लफ्रेण्ड मधुलाई दिएर प्रपोज गर्ने तयारी गरेका छन् ।  हमालको आमाको निधन भएको एक दशक भईसकेको छ भने बुवा चुडा बहादुर पनि उनका साथमा नभएको बर्षौ भईसक्यो ।

करिब २५ बर्षको फिल्मी करिअरमा ३ सयको हाराहारिमा फिल्म खेलिसकेका हमालको वैवाहिक भोजमा सिमित फिल्मकर्मीलाई मात्र निम्तो दिईने तयारी भईरहेको छ ।  विवाहका लागि अमेरिकामा रहेका उनका दिदी भिनाजुहरु समेत उतैबाट सपिङ गरी नेपाल आउने तयारी गरिसकेका छन् ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*

Similar Stories

राजेश हमालको अमेरिका हनिमुन योजना रद्ध हुने प्रवल सम्भावना

एकाउन्न बर्ष पुगेका महानायकलाई भन्नुस् : ह्याप्पी बर्थडे

पुर्खौली घरमा श्रीमती सहित हमाल

वाइनको चुईष्कीमा हमालको सुहागरात

घरमा हैन धुलिखेलको रिसोर्टमा हुने छ महानायकको सुहागरात

हेर्नुहोस् महानायकको विवाह तस्बिरहरु

बिहेको दिन पनि सिंगारिएन  महानायकको घर !

उच्च सुरक्षाका बीच होटल अन्नपूर्णमा महानायकको बिहे

भोली हुँदैछ राजेश हमालको बिहे

हेर्न नभूल्नुस् रजतपटमा राजेश हमालको विवाह विशेष ईन्टरभ्यू

डाह लाग्ने गरी मधुलाई महानायकले यसरी गरे सार्वजनिक (भिडियो सहित)

महानायकले बिहे अघि मधुलाई यसरी सार्वजनिक गर्दैै

पार्लर ओपनिङमा खुल्यो राजेश हमालको कपाल कथा

राजेश हमालले कहिले बिहे गर्लान अनि कहिले छोरो होला यत्रो ?

Exclusive : ट्राफिकको फन्दामा राजेश हमाल/गल्ती गर्दापनि कारबाही भएन उनलाई

Exclusive : यसरी नाचेका थिए गर्लफ्रेण्डका अगाडी हमाल

Exclusive : मधु महानायकको सातौं नम्बरकी गर्लफ्रेण्ड