NewsFilmy

आमा वितेको एक बर्षमै बुबाको बिहे गरिदिएकी थिईन् दीपाश्रीले

  • April 29, 2014 10:00 am
  • News FIlmy

Deepashree

दीपक राज गिरीको मात्र हैन उनको हितैषी दीपाश्री निरौलाको पनि सानै छदा आमाको निधन भएको थियो ।

दीपाश्री १५ बर्षको हुँदा आमाको निधन पाठेघरको क्यान्सरले भएको थियो । पढाईमा निकै ध्यान दिन लगाउने आमालाई सानैमा गुमाएपछि दीपाले आफ्नो बुबा तुलसी प्रसादको एकलपन देखेर विवाह गरिदिएकी थिईन् । ‘ हामी त एक्लो भयौ तर बुबाको एक्लोपन देखेपछि सबै दिदी बहिनी मिलेरे बिहे गरिदियौ र अहिले कान्छी आमाबाट एक छोरा र छोरी पनि छन् ।’  दीपा आफ्नो पुरानो याद सम्झिन्छिन् ।

सुरुमा बुबाले बिहे गर्न मान्नु भएन पछि भिनाजुहरुको पनि प्रेसर परेपछि आमाको निधन भएको एक बर्षको अन्तरालमै बुबाको बिहे सम्पन्न भयो । आमाले मलाई सधै पढ् भनिराख्नु हुन्थ्यो,  आफु नपढेको मान्छे भएका कारण होला आमाले मलाई सेक्सन अफिशर भएको देख्न चाहानु हुन्थ्यो तर त्यो चाहाना अधुरै रह्यो ।’  दीपा भावुक हुँदै भन्छिन् ।

आमाको निधन हुँदा हामी तीन दिदी बहिनीको दाते लागेर हस्पिटलनै पुर्याउनु परेको थियो । पछि केही दिनपछि अलि पिढा घट्दै गयो । म सानै देखि डान्स गर्थे त्यतिकैमा विराटनरमा ‘अग्नीपथ’  भन्ने टेलिसिरियल सुटिङ हुन लागेछ म पनि त्यो सिरियल खेल्न भनेर कलाकार मुकुन्द श्रेष्ठ ज्यूको सहयोगमा गए अडिसनबाट पास भए अनि आमासंगका गहिरा यादहरु सिरियल खेल्दै जादा अलि कम हुँदै गयो ।

गएको दशै टिकाका दिन कान्छी  आमा र बुबाको हातबाट टिका ग्रहण गर्दै ।

गएको दशै टिकाका दिन कान्छी आमा र बुबाको हातबाट टिका ग्रहण गर्दै ।

पहिलो सिरियलबाट मैले अभियान श्री पुरस्कार तर्फ न्यू कमर अवार्ड पाए त्यसले मलाई बाच्ने उमंग अझ थपियो । त्यहि शिलशिलामा मदनदास श्रेष्ठ ज्यूको सहयोमा रेडियो नेपालमा नाटक गर्न जादा दीपकसंग भेट भयो । केही समय हाम्रो त्यति धेरै बोलचाल भएन तर पछि हामी नजि भयौ पाँच बर्ष सम्म धनिया के दुनिया भन्ने रेडियो कार्यक्रम पनि चलायौ ।

बास्तवमै भन्नु पर्दा जुन दिन देखि दिपकसंगको मेरो यात्रा सुरु भयो मेरो जिवन परिवर्तन भयो ।  यहि शिलिसिलामा केही फिल्ममा मैले अभिनय पनि गरे अनि २०६० सालमा दीपकसंग मिलेर तीतो सत्य निर्माण भयो त्यस पछि खुशीका दिनहरु क्रमश बढ्दै गए ।

दश बर्षको तीतो सत्य यात्रासंगै हामीले फिल्म पनि बनायो । तीतो सत्यमा आमा सरस्वती मुभिज हुन्थ्यो भने ६ एकान ६ मा मैले मेरो आमाको नाममा खोलेको गीता देवि कम्पनी  लाई पनि संगै ल्याए  । त्यसैले आमा मेरो लागि सधै सम्झनामा हुनुहुन्छ । यहि फोटो मैले नयाँ घरमा ठूलो बनाएर राखेको छु । यो बाहेक मेरी आमाको अरु फोटो छैन भन्दा पनि हुन्छ ।’

दीपाश्रीलाई जन्म दिने आमा ।

दीपाश्रीलाई जन्म दिने आमा ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*