हिरोको भ्यालु कति ?

म्यूजिक लन्चमा बर्थडे सम्झिन निर्मातालाई गार्हो

  • March 31, 2014 7:58 am
  • News FIlmy

Sabin

फिल्म रिलिज सन्दर्भ अनि सोही संग सम्बन्धीत म्यूजिक लन्च कार्यक्रममा हिरो सबिन श्रेष्ठको भ्यालु निर्माण पक्षले नदेखाउदा प्रश्न चिन्हहरु जन्मिएका छन् ।

सबिनको आईतबार बर्थडे परेको थियो जुन दिन उनी मुख्य भूमिकामा रहेको ‘दमदार’को म्युजिक लन्च समारोह पनि थियो । उक्त समारोहमा सविनको नाममा केक काटिन्छ कि भनेर सञ्चरकर्मीहरुको अनुमान थियो तर खै के भन्ने फिल्मको मुख्य हिरोको जन्मदिनका दिन निर्माण पक्षले यस कुरामा ध्यान नदिईएको देखियो ।

यति सम्मकी कार्यक्रममा केक काट्न नसकिए पनि कार्यक्रमको सुरुवात वा मध्य भागमा सविनलाई ह्याप्पी बर्थडे वीस गरिएला भनेर पनि मिडियाले ती दृश्यलाई कैद गर्न पर्खिएका थिए तर जव कार्यक्रम समापन भयो तव मात्र सञ्चारकर्मीहरुले प्रश्न तेर्साएपछि सबिनलाई सामान्य तरिकाले जन्मदिनको शुभकामना दिईयो ।

सुमन बिष्ट जो नयाँ निर्माता हुन उनैको लगानीमा बनेको ‘दमदार’मा सबिन रेखाको अपोजिट खेलका छन् । रेखा भने उक्त समारोहमा देखिईनन् । बुझिए अनुसार भाई मान्दै आएकी दमदार निर्देशक कमलकृष्ण संग पनि खटपट चलेपछि रेखा उक्त कार्यक्रममा नआएकी हुन्

एक हिन्दी फिल्म समेत निर्देशन गर्ने घोषणा गरेर हराएका कमलकृष्णले चाहि ब्यापारिक रुपमा रेखाकै कारण पनि ‘दमदार’बाट सफलता पाउने विश्वास देखाएका छन् । उनले सो कार्यक्रममा ‘जोडदार’ टाईटलमा नयाँ फिल्म निर्देशनको घोषणा पनि गरेका छन् । एक्सन श्रेणीको उनको नयाँ फिल्ममा अमित श्रेष्ठ, अभय चन्द, प्रज्वल गिरी, जयना कुवँर मुख्य भूमिकामा देखिने छन् ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*