Exclusive : ट्राफिकको फन्दामा राजेश हमाल/गल्ती गर्दापनि कारबाही भएन उनलाई

  • March 24, 2014 4:50 pm
  • News FIlmy

rajesh hamal

सर्वसाधारणलाई कानुन पालना गराउन एक ईन्च पनि पछि नहट्ने ट्राफिक प्रहरीले राजेश हमाललाई भने छुट् दिएका छन् ।

आँखा सामुन्ने नेपालका टप सेलिब्रेटी देखेपछि आत्तिएर ट्राफिक प्रहरीले हमाललाई कारबाही गर्न नसकेका हुन । आफू अभिनित फिल्म ‘हँसिया’को म्यूजिक लन्च समारोहमा निकै ढिला पुग्दा हमाल ट्राफिकको फान्दामा केही बेर अलमलिएका थिए । ड्राईभर नराख्ने हमालका सहयोगी दीपेन्द्र महतोले पनि गाडी चलाउदैनन् त्यसैले आफ्नो गाडी आफै हाक्न रुचाउने हमालले  ड्राईभर नराख्दा आईतबार साँझ ट्राफिकबाट तनाव  झेल्नु परेको हो ।

दरबार मार्गमा अवस्थित आईक्लब अगाडी पार्किङका लागि स्थान नपाएपछि हमाल बीच सडकमै गाडी तेर्साएर कार्यक्रम हलमा प्रवेश गरेका थिए । तर  कार्यक्रममा उपस्थीति जनाएको करिब पैतालिस मिनेटपछि ट्राफिकले गाडी राखेको बिषयमा खोजी गर्न थाले पछी  उनी हत्तारिएर बाहिर निस्किएका थिए ।

दरबार मार्ग मुख्य सडक एरियामा तोकिएको स्थानमा पार्किङ नगरेमा २ सय रुपैया जरिवाना तिराउने चलन छ तर हमाललाई नदेखुनजेल बारम्बार सिठ्ठी फुक्ने ट्राफिक प्रहरीले आँखा अगाडी हमाललाई देखेपछि कारबाही गर्न भने पुरै चुके ।

हमाललाई गाडी सम्म छाड्न बाहिर निस्किएका गायक राजेश पायल राईले कारबाही नगर्न बारम्बार माफ मागेपछि ट्राफिक कारबाही गर्न बाट पर हटेका थिए । हमालकै गृह जिल्ला नवलपरासीका ट्राफिक प्रहरी बज्रेश साहले त्यसरी कारबाहीबाट राजेश हमाललाई छुट दिएपछि न्यूज फिल्मी तीन छक्क पर्यो र सोच्न बाध्य भयो आखिर कानुन सानालाई मात्र लाग्दो रहेछ !

 

मार्क गरिएको एरो भित्र यदि हमालले गाडी पार्किङ गरेका थिए भने उनलाई यस किसिमको तनाव पर्दैन थियो । तर उनले बीच सडकमै यसरी गाडी छाडेर कार्यक्रममा सहभागीता जनाएका थिए ।

मार्क गरिएको एरो भित्र यदि हमालले गाडी पार्किङ गरेका थिए भने उनलाई यस किसिमको तनाव पर्दैन थियो । तर उनले बीच सडकमै यसरी गाडी छाडेर कार्यक्रममा सहभागीता जनाएका थिए ।

लङ्ग सटमा हमाल र ट्राफिकबीचको सम्बाद । दृश्यको दाँया तर्फ जसरी गाडी पार्किङ गर्ने ब्यवस्था छ त्यसरी हमालले गरेका थिएनन् र  ट्राफिकबाट आएको विरोध पश्चात माफी माग्दै गाडी स्टार्ट गर्न खोज्दै हमाल  ।

लङ्ग सटमा हमाल र ट्राफिकबीचको सम्बाद । दृश्यको दाँया तर्फ जसरी गाडी पार्किङ गर्ने ब्यवस्था छ त्यसरी हमालले गरेका थिएनन् र ट्राफिकबाट आएको विरोध पश्चात माफी माग्दै गाडी स्टार्ट गर्न खोज्दै हमाल ।

 

क्लोज सर्टको दृश्य

क्लोज सर्टको दृश्य

 

 

 

 

2 thoughts on “Exclusive : ट्राफिकको फन्दामा राजेश हमाल/गल्ती गर्दापनि कारबाही भएन उनलाई

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*

Similar Stories

राजेश हमालको अमेरिका हनिमुन योजना रद्ध हुने प्रवल सम्भावना

एकाउन्न बर्ष पुगेका महानायकलाई भन्नुस् : ह्याप्पी बर्थडे

पुर्खौली घरमा श्रीमती सहित हमाल

वाइनको चुईष्कीमा हमालको सुहागरात

घरमा हैन धुलिखेलको रिसोर्टमा हुने छ महानायकको सुहागरात

हेर्नुहोस् महानायकको विवाह तस्बिरहरु

बिहेको दिन पनि सिंगारिएन  महानायकको घर !

उच्च सुरक्षाका बीच होटल अन्नपूर्णमा महानायकको बिहे

भोली हुँदैछ राजेश हमालको बिहे

हेर्न नभूल्नुस् रजतपटमा राजेश हमालको विवाह विशेष ईन्टरभ्यू

डाह लाग्ने गरी मधुलाई महानायकले यसरी गरे सार्वजनिक (भिडियो सहित)

जेष्ठ १४ गते औँसीको दिन हुनेछ राजेश हमालको बिहे

महानायकले बिहे अघि मधुलाई यसरी सार्वजनिक गर्दैै

पार्लर ओपनिङमा खुल्यो राजेश हमालको कपाल कथा

राजेश हमालले कहिले बिहे गर्लान अनि कहिले छोरो होला यत्रो ?

Exclusive : यसरी नाचेका थिए गर्लफ्रेण्डका अगाडी हमाल

Exclusive : मधु महानायकको सातौं नम्बरकी गर्लफ्रेण्ड