हराई रहेको प्लेन जस्तो श्याम रेखा कहाँनी

तीन दिन भित्र विवाद छानविन हुने

  • March 17, 2014 10:06 am
  • News FIlmy

Reka and Shyam

निर्देशक श्याम भट्टराईको उजुरी सम्बन्धमा बसेको निर्देशक समाजको आजको बैठकले विवादको अध्ययन गर्न न्यायिक समितिलाई जिम्मेवारी दिएको छ ।

सुचित्रा श्रेष्ठको नेतृत्वमा रहेको न्यायिक समितिले तीन दिन भित्र घटनाबारे तथ्यगत अध्ययन गर्दै यथेष्ट धारणा सार्वजनिक गर्ने निर्णय भएको न्यायिक समितिका सदस्य समेत रहेका कोषाध्यक्ष सुमन दाहालले जानकारी दिएका छन् । समितिमा उनी सहित योगेश घिमिरे, ऋषि लामिछाने र गोपाल चन्द्र लामिछाने छन् ।

एक साता देखी हराईरहेको मलेसियन एयरलाईन्सको प्लेन जस्तो बुझन् नसकिने घटना बनेको रेखा श्याम काण्ड अहिले ईन्डष्ट्रीको सर्वाधिक बहसको खबर बनेको छ । आन्तरिक विवाद लम्बिएपछि रेखाको ब्यवस्थापन पक्षलाई नराम्रो भन्दै सेटबाट आफु निस्किएको श्यामको भनाइ छ भने रेखाले श्यामको कामकारबाही र नियतहरु प्रति प्रश्न उठाउदै उनलाई निकालेको बताउदै आएकी छिन् ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*

Similar Stories

रेखाले अन्याय गरेको भन्दै श्याम भट्टराईद्धारा उजुरी

आरोप प्रत्यारोप तीब्र भयो / रेखा भन्छिन् : ‘निर्देशकलाई दुई लात हानेर निकालेको हुँ’

‘न ओढ्ने न ओछ्याउनेको व्यवस्था’ : रेखामाथी निर्देशकको आरोप

रेखाको फिल्म साईन गरेपछि सम्बन्ध बिग्रियो छवि र श्यामको