ग्रिन कार्ड प्रोसेस फेल भएपछि नेपाल फर्किएकी हुन गौरी

हेर्नुस गौरी र रमेश उप्रतीको एयरपोर्ट फोटोहरु

  • March 14, 2014 1:06 pm
  • News FIlmy

Ramesh and Gauri

चार बर्षको अमेरिका बसाईका क्रममा ग्रिन कार्ड प्रोसेस सफल नभएपछि गौरी मल्ल अन्तत  : नेपाल फर्किएकी छिन् ।

उनी अपरान्ह साढे तीन बजे नेपाल ल्याण्ड भएकी हुन । अमेरिका नफर्किने सोच सहित उनले आफ्नो अत्यावश्क सम्पूर्ण सामग्री समेत आफैसंग लिएर आएकी छिन् । उनी अभिनेता रमेश उप्रेतीसंगै नेपाल आएकी हुन । रमेशको नेपाल यात्रा केही लामो हुने छ भने गौरी अब नेपाली फिल्म नगरीमै बाँकी जिवन बिताउने निर्णय सहित स्वदेश फर्किएकी हुन ।

उनले आफ्नो ड्रिम प्रोजेक्ट ‘गौरी’ टाईटलको फिल्म पनि बनाउने उद्घोष गरिसकेकी छिन् ।  अमेरिका छाड्नु अघिको एक विदाई कार्यक्रममा उनले आमा विरामी भएका कारण जनाउदै नेपाल फर्किने तर्क गरेकी थिईन्  जुन केही हद सम्म सत्य पनि हो तर यसका पछाडी उनी अमेरिका नबस्ने मुख्य कारण ग्रिन  कार्ड नपाउनु नै रहेको श्रोत भन्छ ।

उनको ८७ बर्षीया आमा मुटुकी विरामी हुन जसको उपचारार्थ बाईपास सर्जरीको तयारी भईरहेको छ ।  ‘गौरीले विभिन्न विद्याको सेलिब्रेटी हुँ भन्दै कार्ड एप्लाई गरेपछि उनलाई अमेरिकन सरकारले ग्रिन कार्डका लागि अयोग्य ठानेको थियो त्यसपछि उनी अमेरिका नबस्ने मुडमा पुगेको एक कारण हो ।’  श्रोत बताउछ । यध्यपी ग्रिन कार्ड प्राप्त नगरेका खण्डमा पनि उनलाई अमेरिका बसिरहन गार्हो पर्ने चाहि थिएन् ।

बजार हल्ला अनुसार गौरी दोश्रो बिहेको तयारीका साथ पनि नेपाल आएकी हुन् । उनको पहिलो बिबाह सन्तान प्राप्ती नभएपछि टुटेकोे थियो । सन्तान प्राप्तीका लागि उनी ब्यापारी श्रीमान सहित उपचारका लागि जापान पनि धाएकी थिईन् । तर जापान पुगेपछि उनको पहिलो बिबाह उतै टुंगिन पुग्यो ।

उनलाई एयरपोर्टमा रिसिभ गर्न बहिनी आएकी थिईन् भने रमेश उप्रेतीलाई रिसभ गर्न कलाकार निर्मल शर्मा, अभिनेता अर्जुन श्रेष्ठ र रमेश पत्नी किरण थिए । गौरीले आफ्ना निजी जिवनका बारेमा तत्काल केही प्रतिक्रिया दिन नसक्ने एयरपोर्टमा न्यूज फिल्मीलाई भनिन् । उनी एयरपोर्टबाट सिधै धापासीमा रहेकी आफ्नी आमा भेट्न गईन् भने रमेश उप्रेती घर नगई मःम खान सिधै सिनमंगल तर्फ लागेका थिए । रमेश एक बर्षको अन्तरालमा नेपाल आएका हुन ।

ग्रिन  कार्डको सम्बन्धमा :  अमेरिका पुगेका कलाकार राजाराम पौडेल पनि ग्रिन कार्ड प्राप्त गर्न नसकेपछि अन्तत : नेपाल फर्किएका हुन । उतै रहेकी अभिनेत्री रञ्जना शर्माले पनि अझै ग्रिन कार्ड प्राप्त गरेकी छैनन् । उनी बाहेक गायक कर्ण दास एवं जगदीश समालले पनि ग्रिन कार्ड प्राप्त गर्न नसकिरहेको बुझिएको छ ।

Gauri malla

 

Gauri Malla

 

Gauri malla

 

Gauri malla

Ramesh Uprety

 

Gauri

 

 

Gauri malla

 

Ramesh Uprety

 

 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*

Similar Stories

प्रधानमन्त्री गौरी मल्लले दिईन केपी ओलिलाई यस्तो सुझाव (भिडियो)

आमा सिकिस्त भएपछि गौरी मल्ल पनि घर फर्किदै