डेढ एक बर्ष अघिनै गायक राजु लामासंग ईन्गेजमेन्ट गरेकी अभिनेत्री पुजा चन्दले दोश्रो बिहे गरेकी छिन् ।
उनले अमेरिकामै रहदै आएका गायक राजु लामासंग गरिएको ईन्गेजमेन्टलाई बिबाहमा परिणत गरेकी हुन । यस अघि अर्की अभिनेत्री सारंगा श्रेष्ठले पनि उतै रहदै आएका एक युवकसंग दोश्रो बिबाह गर्दै सन्तान सुख समेत प्राप्त गरिसकेकी छिन् । दुई बर्षअघि नेपाल फर्किएर एक म्यूजिक भिडियो निर्माणसंगै अभिनय गरेर अमेरिका फर्किए लगत्तै पूजाले गायक लामासंग ईन्गेजमेन्ट गरेकी थिईन् ।
पूजाको पहिलो पति अहिलेका निर्देशक सुरज चन्दसंग बर्षौ अघि बिहे भएको थियो जसबाट १८ बर्ष उमेर भईसकेकी एक छोरी पनि छिन् । बिहे पश्चात पूजाले आफ्ना शुभचिन्तकहरुलाई सम्बोधन गर्दै भनेकी छिन् ‘ठूलो हिम्मत गर्दे यो निर्णयमा आईपुगेको हुँ त्यसैले सेलिब्रेटीका जिवनमा भईरहने यस्ता उतार चढावबाट आईपर्ने क्रिटिसिजमलाई बुझिदिन आग्रह गर्दछु । ‘